विश्वविद्यालय
मध्यपश्चिम विश्वविद्यालयको उपकुलतिमा ३ जनाको नाम सिफारिस
काठमाडौँ । मध्यपश्चिम विश्वविद्यालयको उपकुलतिमा ३ जनाको नाम सिफारिस गरिएको छ । नाम सिफारिस भएकाहरूमा प्रा डा धुव्रकुमार गौतम, नन्दबहादुर सिंह र देवबहादुर खड्का छन् । गौतम त्रिवि योजना महाशाखाका प्रमुख, सिंह मध्यपश्चिमका पूर्वउपकुलपति र खड्का पूर्वडिन हुन् । उपकुलपति छनोट गर्न विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष देवराज अधिकारीको अध्यक्षतामा ३ सदस्यीय सिफारिस समिति गठन गरिएको थियो । […]
पूरा पढ्नुहोस्
त्रिवि सेवा आयोग सदस्यका लागि ७ र ८ वैशाखमा अन्तर्वार्ता
त्रिभुवन विश्वविद्यालय सेवा आयोगको रिक्त सदस्य पदका लागि ७ र ८ वैशाखमा प्रस्तुतीकरण तथा अन्तर्वार्ता हुने भएको छ । सदस्य नियुक्तिका लागि नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिले आवेदकहरूको नामावली प्रकाशन गर्दै प्रस्तुतीकरण तथा अन्तर्वार्ता हुने कार्यतालिका प्रकाशित गरेको हो । समितिका अनुसार नियुक्तिको लागि दरखास्त पेस गरेकामध्ये दरखास्त स्वीकृत भएका उम्मेदवारहरूको कार्ययोजना […]
पूरा पढ्नुहोस्
त्रि.विका उत्कृष्ट विद्यार्थीले थेसिस लेखनका लागि २५ हजार रूपैयाँ पाउने
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय मानविकी तथा सामाजिकशास्त्र संकायका सबै विभागका उत्कृष्ट विद्यार्थीले थेसिस तथा अनुसन्धानमा आर्थिक सहयोग पाउने भएका छन् । त्रिभुवन विश्वविद्यालय स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू) र नेपाल र एशियाली अध्ययन केन्द्र (सीनास) बीच भएको सम्झौता अनुसार आर्थिक सहयोग पाउने भएका हुन् त्रिवि मानविकी तथा सामाजिकशास्त्र संकायका सबै केन्द्रीय विभागका १/१ जना उत्कृष्ट विद्यार्थीले […]
पूरा पढ्नुहोस्
म र मेरो पार्टीबाट विश्वविद्यालयमा कुनै हस्तक्षेप हुँदैन: शिक्षामन्त्री श्रेष्ठ
काठमाडौं- शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले आफू र आफ्नो पार्टीका तर्फबाट विश्वविद्यालयहरूमा कुनै हस्तक्षेप नहुने बताएकी छन्। विश्वविद्यालयहरूमा प्राज्ञिकता र योग्यताक्रमअनुसार नियुक्ति-क्रमलाई निरन्तरता दिन शिक्षावद् केदारभक्त माथेमासहित विज्ञहरूको सुझाव आज सिंहदरबारमा ग्रहण गर्दै मन्त्री श्रेष्ठले आफू विश्वविद्यालयहरूको पदेन सहकुलपति भए पनि कुनै पनि उपकुलपति वा पदाधिकारीलाई आफू वा आफ्नो पार्टीका मान्छेलाई नियुक्ति दिनु वा […]
पूरा पढ्नुहोस्
फरक ढंगले शिक्षा प्रदान गर्नुपर्ने सांसदहरुको सुझाव
सांसदहरुले फरक ढंगले शिक्षा प्रदान गर्ने र दश जनशक्ति उत्पादन गर्न सक्नेलाई मात्रै विश्वविद्यालयको सम्बन्धन दिनुपर्ने सुझाव दिएका छन् । सोमबार सिंहदरबारमा बसेको प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा नेपाल विश्वविद्यालयका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथिको छलफलका क्रममा उनीहरूले विश्वविद्यालयको संख्या बढाएरमात्रै केही नहुने भन्दै फरक ढङ्गको शिक्षा प्रदान गर्न सक्नेलाई मात्रै सम्बन्धन दिनुपर्ने सुझाव दिएका हुन् । सांसद प्रदीप पौडेलले […]
पूरा पढ्नुहोस्४३ जनामाथि अनुसन्धान गर्न शिक्षा मन्त्रालयले पठायो अख्तियारलाई पत्र
वैशाख ३, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले ‘चिकित्सा शिक्षा सम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन २०७४’ ले कारवाही सिफारिस गरेकामाथि अनुसन्धान गर्न अख्तियारलाई पत्र पठाइएको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले आवश्यक कारवाही प्रक्रिया अघि बढाउन अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई पत्र पठाउने निर्णय गरेकी हुन् । त्यस्तै अन्य निकायलाई समेत कारवाहीको लागि पठाउने […]
पूरा पढ्नुहोस्
शिक्षा क्षेत्रको बजेट विनियोजन विवरण सार्वजनिक, सुझाव दिन मन्त्रीको अनुरोध
काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षा क्षेत्रमा विगत ५ वर्ष देखिको बजेट विनियोजन विवरण सार्वजनिक गरेको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले वेबसाइटमार्फत विवरण सार्वजनिक गरेकी हुन्। सार्वजनिक भएका तथ्याङ्कको अध्ययन र विश्लेषण गरेर अध्येताहरूलाई सुझाव दिन अनुरोध गरेकी छन्। ‘हामीले विगतदेखि नै सार्वजनिक सरोकारका तथ्याङ्क सहजै उपलब्ध हुनुपर्ने धारणा राख्दै […]
पूरा पढ्नुहोस्
शैक्षिक संस्थाहरूमा राजनीतिकरण अन्त्य गर्न प्रधानमन्त्रीलाई प्राज्ञिक समूहको ध्यानाकर्षण
प्राध्यापक एवं प्राज्ञिक समूहले सबै शैक्षिक संस्थाहरूमा राजनीतिकरण अन्त्य हुनुपर्ने बताएका छन् । सोमबार त्रिभुवन विश्वविद्यालयमा योग्यताको आधारमा उपकुलपतिले आफ्नो समूह बनाउने व्यवस्था मिलाइदिएको भन्दै प्रधानमन्त्री पुष्पकमल दाहाललाई धन्यवाद व्यक्त गर्दै उनीहरूले यस्तो आग्रह गरेका हुन् । प्रधानमन्त्रीलाई भेटेर धन्यवाद ज्ञापन गरेसँगै सञ्चारकर्मीहरूसँग कुरा गर्दै त्रिभुवन विश्वविद्यालयका पूर्व उपकुलपति केदारभक्त माथेमाले सबै राजनीतिक दलहरूले विश्वविद्यालय […]
पूरा पढ्नुहोस्
शिक्षामा दलीयकरण र भागबन्डा नै अभिशाप : प्रा.डा.विद्यानाथ कोइराला
नेपालको समग्र शिक्षा क्षेत्रको वर्तमान अवस्था शैक्षिक सुधार, आगामी दिशा र वर्तमान नेतृत्वको भूमिका कस्तो हुने भन्ने विषयमा केन्द्रित रहेर शिक्षाविद् प्राज्ञिक व्यक्तित्व प्रा.डा. विद्यानाथ कोइरालाज्यूसँग शैक्षिक संवादको सम्पादित अंश क्रमश …….. नेपालको उच्च शिक्षालाई लिएर समग्र क्षेत्रमा चिन्ता, चिन्तन र बहस व्यापक रूपमा भएको पाइन्छ । यो विषयलाई नेपालको उच्च शिक्षा सुधारमा कसरी हेर्न […]
पूरा पढ्नुहोस्
खेलकुद मन्त्रालय र काठमाडौं विश्वविद्यालयबीच खेलकुद शिक्षाका लागि सम्झौता
खेलकुद शिक्षा सम्बन्धी शैक्षिक कार्यक्रमको विकास गर्ने लक्ष्यसहित युवा तथा खेलकुद मन्त्रालय र काठमाडौं विश्वविद्यालयबीच समझदारी पत्रमा हस्ताक्षर भएको छ। विश्वविद्यालयमा खेलकुद सम्बद्ध अध्ययन तथा अध्यापनका लागि छोटो अवधिको कोर्स, स्नातक, स्नातकोत्तर र विद्यावारिधिका लागि सम्भाव्यताको खोजी गर्ने विषयमा समझदारी पत्रमा हस्ताक्षर भएको हो। बुधबार सिंहदरबारस्थित मन्त्रालयमा निमित्त सचिव शिवप्रसाद रेग्मी र काठमाडौं विश्वविद्यालयका उपकुलपति […]
पूरा पढ्नुहोस्







