विश्वविद्यालय

पुल्चोक, नेपाल ल र टीयू सेन्ट्रल क्याम्पसका विद्यार्थीले इन्टर्नशिप गर्दा न्यूनतम पारिश्रमिक पाउने

काठमाडौँ : पुल्चोक इन्जिनियरिङ क्याम्पस, नेपाल ल क्याम्पस र टीयू सेन्ट्रल क्याम्पसका विद्यार्थीले इन्टर्नशिप गर्दा न्यूनतम पारिश्रमिक पाउने भएका छन्। बिहीवार क्याम्पसमा एक कार्यक्रमबीच ६ वटा विभिन्न कन्स्ट्रक्शन र एयरलाइन्स कम्पनीहरुसँग विद्यार्थीहरुका लागि इन्टर्नशिपमा न्यूनतम पारिश्रमिक उपलब्ध गराउने सम्झौता भएको हो। नेपाली कांग्रेसनिकट भ्रातृ संगठन नेपाल विद्यार्थी संघको पहलमा तीनवटा कलेजमा पाइलट प्रोजेक्टमा रुपमा अघि बढाइएको […]

पूरा पढ्नुहोस्

शिक्षामन्त्री श्रेष्ठले भनिन्– शिक्षामा दलीय राजनीतिकरण अन्त्य गरेरै छोड्छु

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले शिक्षामा दलीय राजनीतिकरण अन्त्य गरेरै छोड्ने बताएकी छन् । मंगलबार शिक्षा मन्त्रालय सम्हालेको एक सय दिन पुगेको अवसरमा पत्रकार सम्मेलन गर्दै उनले शिक्षामा दलीय राजनीतिकरण अन्त्य गर्ने कार्यको थालनी भएको बताएकी हुन् । मन्त्री श्रेष्ठले शिक्षकले कुनैपनि राजनीतिक दलको सदस्यता लिन नपाउने र राजनीति गर्न नपाउने एजेण्डा […]

पूरा पढ्नुहोस्

शर्टको टाँकमा गोप्य क्यामेरा राखेर एआईको सहायताले परीक्षामा चिट चोरेपछि‍‍‍…

काठमाडौं । टर्कीका एक विद्यार्थीले विश्वविद्यालय अध्ययन गर्नका लागि दिनुपर्ने प्रवेश परीक्षामा चिट चोर्न गोप्य क्यामेरा र आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रयोग गरेको घटना बाहिर आएको छ । विश्वविद्यालयले लिएकाे परीक्षामा शंकास्पद व्यवहार देखाएपछि ती विद्यार्थीमाथि खानतलासी गरिएको थियो । त्यसका क्रममा उनले शर्टको टाँकमा क्यामेरा राखेको भेटिएको थियो । यसपछि प्रहरीले ८ जुनमा चिट चाेर्ने विद्यार्थीलाई पक्राउ गरेको रोयटर्सले जनाएको […]

पूरा पढ्नुहोस्

विद्यार्थीको शैक्षिकस्तर सुधार गर्न सहकार्य

काठमाडौँ , १ असार । गुणस्तरीय शिक्षा आजको जल्दोबल्दो आवश्यकता भन्ने मुख्य अभिप्रायका साथ काठमाडौँ विश्वविद्यालय स्कुल अफ एजुकेशन र चन्द्रागिरि नगरपालिका स्थित बालतारा प्रतिष्ठान (लिटिल स्टार्स एकेडेमी) बीच सम्झौता भएको छ । विश्वविद्यालयमा रहेको निरन्तर तथा पेसागत शिक्षा केन्द्र (सिपिईसी) मार्फत संस्थागत विद्यालयहरूको आवश्यकता पहिचान, कार्ययोजना, कार्यशाला कार्यक्रमहरूको कार्यान्वयन, निरन्तर अनुगमन, मूल्याङ्कन तथा पृष्ठपोषण […]

पूरा पढ्नुहोस्

त्रिविद्वारा स्नातक तहको नतिजा सार्वजनिक ( हेर्नुस् नतिजा )

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले चार वर्षे स्नातक तेस्रो वर्षको नतिजा सार्वजनिक गरेको छ । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुले 4 वर्षे वि.ए तेस्रो वर्षको  नतिजा सार्वजनिक गरेको हाे । नतिजा हेर्नका लागि http://www.tuexam.edu.np  को माथिकाे लिंक हेर्न सक्नु हुने छ ।

पूरा पढ्नुहोस्

गोली प्रहारबाट घाइते बाराका क्याम्पस प्रमुखको निधन, २ जना पक्राउ

गोली प्रहार गरिएका बाराको कलैयास्थित रामराजा बहुमुखी क्याम्पसका प्रमुख हरिभुषण कुशवाहाको निधन भएको छ। क्याम्पसमाबाट घरतर्फ जाँदै गरेका उनलाई शुक्रबार दिउँसो अज्ञात व्यक्तिले आदर्शकोतवाल गाउँपालिका–३ बतरा भन्ने स्थानमा गोली प्रहार गरेका थिए। गम्भीर घाइते उनलाई उपचारका लागि वीरगञ्जस्थित बयोधा अस्पतालमा लगिएको थियो। उपचाररत कुशवाहालाई चिकित्सकहरुले भर्खरै मृतक घोषणा गरेको बाराका सहायक प्रमुख जिल्ला अधिकारी छविरमण […]

पूरा पढ्नुहोस्

बारामा क्याम्पस प्रमुखमाथि गोली प्रहार

रामराजा बहुमुखी क्याम्पस, कलैयाका प्रमुख हरिभुषण कुशवाहामाथि गोली प्रहार भएको छ । बाराको आदर्शकोतवाल गाउँपालिका–३ बतरा भन्ने स्थानमा अज्ञात समूहले क्याम्पस प्रमुख कुशवाहामाथि गोली प्रहार गरेको हो । गम्भीर घाइते उनलाई उपचारका लागि बयोधा अस्पताल, वीरगञ्ज लगिएको छ ।  

पूरा पढ्नुहोस्

डीनका लागि आवेदन माग

सुर्खेत, ३१ जेठ  । मध्यपश्चिम विश्वविद्यालयले रिक्त डीन पदका लागि आवेदन माग गरेको छ । मध्यपश्चिम विश्वविद्यालय अन्तर्गत ग्य्राजुएट स्कुल अफ इन्जिनियरिङ, ग्य्राजुएट स्कुल अफ ल को रिक्त डीन पदहरूमा खुला प्रतियोगिताद्वारा पदपूर्ति गर्नु आवेदन माग गरेको हो । योग्यता पुगेका व्यक्तिहरुले असार १३ गतेभित्रसम्म मध्यपश्चिम विश्वविद्यालय, केन्द्रीय कार्यालय, सुर्खेत वा सहकार्य तथा विकास अध्ययन […]

पूरा पढ्नुहोस्

विद्यार्थीको अराजकता, निर्देशकको कुर्सी रुखमा

विराटनगर, जेठ ३० गते । महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस मोरङ विराटनगर विशेष शैक्षिक कार्यक्रम व्यवस्थापन सङ्काय निर्देशक डा. मोहन सुवेदीको कुर्सी विद्यार्थीले रुखमा झुन्ड्याएका छन् । पुस्तक तथा पिउने पानीको प्रबन्ध मिलाउन नसकेको आरोपमा सुवेदीको कुर्सी मङ्गलबार रुखमा झुन्ड्याइएको हो । सुवेदी कोशी प्रदेश मुख्यमन्त्री हिक्मत कार्कीको आर्थिक सल्लाहकारमा नियुक्त हुनुभएको छ । मुख्यमन्त्रीको आर्थिक सल्लाहकारमा नियुक्त […]

पूरा पढ्नुहोस्

चिकित्सा शिक्षा प्रवेश परीक्षा आगामी भदौमा

चिकित्सा शिक्षा स्नातक तहको एकीकृत प्रवेश परीक्षा आगामी भदौदेखि शुरु हुने भएको छ। त्यसका लागि आवेदन बुधबारदेखि भर्न सकिने चिकित्सा शिक्षा आयोगले जनाएको छ। आयोगका कार्यकारी उपाध्यक्ष प्राडा अञ्जनीकुमार झाले आयोगले स्नातक तहको परीक्षाका लागि योग्यता पुगेका इच्छुक विद्यार्थीले बुधबारदेखि असार १८ गतेसम्म आवेदन दिन सक्ने जानकारी दिए। आयोगले एमबिबिएस, बिडिएस, बिएस्सी नर्सिङ, बीएस्सी मिडवाइफ्री, […]

पूरा पढ्नुहोस्