विश्वविद्यालय

शिक्षामन्त्री पुनलाई मन्त्रालयमै खानेबस्ने व्यवस्था

काठमाडौँ । नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनलाई मंगलबारदेखि मन्त्रालयमै खाने, बस्ने व्यवस्था गरिएको छ । प्रवक्ता शिवकुमार सापकोटाले मन्त्रीको कार्यकक्षसँगैको कोठामा खाने, बस्ने प्रबन्ध गरिएको बताए । ‘आजदेखि यहीं बस्ने कुराकानी भएको छ । कार्यकक्ष सँगैका कोठा खाली गरेर सुत्ने, बस्ने र भान्सा बनाइएको छ,’ उनले भने । भाद्र २४ गतेको प्रदर्शनमा सिंहदरबारभित्रको शिक्षा मन्त्रालयमा […]

पूरा पढ्नुहोस्

महावीर पुन बने शिक्षामन्त्री

काठमाडौँ । राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुन सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारमा शिक्षा विज्ञान तथा प्रविधिमन्त्री बनेका छन् । आइतबार राष्ट्रपति रामचन्द्र पौडेलले पुनलाई शिक्षामन्त्रीमा नियुक्त गरेका हुन् । प्रधानमन्त्री कार्कीले पुनलाई शिक्षा मन्त्रीका लागि प्रस्ताव गरेकी थिइन् । राष्ट्रिय आविष्कार केन्द्रको स्थापना, रोजगारी सिर्जना, नवप्रवर्तनका क्षेत्रमा गरेका अनुकरणीय कामले पुन परिचित छन् । […]

पूरा पढ्नुहोस्

शिक्षा मन्त्रालयको काम केशरमहलबाट सुरु

काठमाडौं। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको काम केशरमहल भवनवाट सुरु गरिएको छ। सिंहदरबारभित्र रहेको मन्त्रालय जेन–जीको आन्दोलनमा आगाजनी र तोडफोड भएपछि सेवा केशरमहलबाट सुरु गरिएको मन्त्रालयले जनाएको छ । ‘हाल केशर पुस्तकालय (साविकमा शिक्षा मन्त्रालय रहेको, केशरमहल भवनवाट सेवा सुचारू गरिएको र मन्त्रालयको सिंहदबार परिसरमा रहेको भवन मर्मत सम्भार एवं सरसफाईको कार्य सम्पन्न नभएसम्म यसै […]

पूरा पढ्नुहोस्

एक महिनामा अध्ययनका लागि विदेशियो १४ अर्ब ३१ करोड

काठमाडौं– देशभित्रै सुविधा सम्पन्न विश्वविद्यालय, कलेज तथा आवश्यक शैक्षिक संस्था भए पनि अध्ययनका लागि विदेशिनेक्रम घट्नुको साटो बढ्दै गएको छ । एक महिनाको अवधिमा मात्रै अध्ययनका लागि १४ अर्ब ३१ करोड बराबरको रकम विदेशिएको छ । नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको विवरणअनुसार शिक्षातर्फको व्यय गत वर्षको तुलनामा थोरै कम छ । चालु आवको पहिलो महिनामा […]

पूरा पढ्नुहोस्

त्रिविकाे सम्पूर्ण पठनपाठन अब कार्तिक ११ गतेदेखि मात्र

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले सम्पूर्ण पठनपाठन अब कार्तिक ११ गतेदेखि मात्र सुचारू हुने भएको छ । देशकाे वर्तमान विषम परिस्थितिकाे मध्यनजर गर्दै सम्पूर्ण पठनपाठनकाे कार्यहरू आगामी कार्तिक ११ गते देखि मात्र सञ्चालन गर्ने निर्णय गरिएको सुचना जारी गरिएको छ ।

पूरा पढ्नुहोस्

राजर्षिजनक विश्वविद्यालयमा निर्देशक पदका लागि आवेदन माग

 काठमाडौँ ।,२२ भदौ । राजर्षिजनक विश्वविद्यालयले निर्देशक पदका लागि आवेदन माग गरेको छ । राजर्षिजनक विश्वविद्यालय संगठन संरचना तथा व्यवस्थापन नियमावली २०७५ को परिच्छेद –१९ को नियम १२८ एवं राजर्षिजनक विश्वविद्यालय स्वास्थ्य विज्ञान शैक्षिक कार्यक्रम संचालन तथा व्यवस्थापन कार्यविधि – २०८२ को परिच्छेद २ को दफा ७ (ग) बमोजिम राजर्षिजनक विश्वविद्यालय स्वास्थ्य विज्ञान संकाय अन्तर्गत […]

पूरा पढ्नुहोस्

निजि विद्यालय संचालकहरुको काठमाडौँ केन्द्रित आन्दोलनमा सहभागी हुन निर्देशन

काठमाडौं। शिक्षा समितीबाट बहुमतले पारित भई प्रविधि सभा संसदमा पेस भएको विद्यालय शिक्षा विधेयकमा भएको केही प्राबधानप्रति असहमति जनाउदै निजि विद्यालय संचालकहरु आन्दोलन गर्दै आएका छन्। विधेयकमा समावेश गरिएका मुख्य गरि पुर्ण छात्रवृत्ति र क्रमशः गैर नाफामुलक भन्ने प्रावधानहरू निजी विद्यालयहरू प्रतिकूल रहेको र यस्ता प्रावधानहरूले निजी शिक्षाको अस्तित्व, स्वतन्त्रता र योगदानमाथि गम्भीर असर पार्ने देखिएको […]

पूरा पढ्नुहोस्

त्रिवि ५१ औं दीक्षान्त समारोहका लागि अनलाइन आवेदन खुला

काठमाडौं, १८ भाद्र २०८२। त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण महाशाखा बल्खुले ५१ औं दीक्षान्त समारोह (२०८२) मा सहभागी हुन इच्छुक विद्यार्थीहरूका लागि अनलाइन आवेदन खुला गरेको छ। उक्त दीक्षन्त समारोहमा २०८१ अषाढ ३१ देखी २०८२ जेठ ३१ सम्म ( तद अनुसार  १५ जुन २०२४ देखि १४ जुन २०२५ सम्म स्नातक, स्नातकोत्तर, एम.फिल. तथा पीएच.डी. तहको वार्षिक […]

पूरा पढ्नुहोस्

त्रिभुवन विश्वविद्यालयले चार वर्षीय बी.एड. चौथो वर्षको नतिजा प्रकाशित

काठमाडौं, भदौ १२ । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय, बल्खुले २०८१ सालमा सञ्चालन गरिएको चार वर्षीय बी.एड. (Bachelor of Education) चौथो वर्षको नियमित, आंशिक तथा मौका परीक्षाको नतिजा सार्वजनिक गरेको छ। कार्यालयका अनुसार परीक्षाफल विश्वविद्यालय परीक्षा समिति (स्नातक तह) को निर्णयअनुसार प्रकाशित गरिएको हो। विद्यार्थीहरूले आफ्नो नतिजा त्रिभुवन विश्वविद्यालयको आधिकारिक पोर्टल result.tuexam.edu.np मा हेर्न सक्नेछन्। […]

पूरा पढ्नुहोस्

त्रिभुवन विश्वविद्यालयमा द्वन्द्व अन्त्य गर्न गृहमन्त्री लेखकको आग्रह

काठमाडौं । गृहमन्त्री रमेश लेखकले त्रिभुवन विश्वविद्यालयमा भइरहेको द्वन्द्व अन्त्य गर्न आग्रह गरेका छन् । आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले विश्वविद्यालयमा देखिएको द्वन्द्व नियन्त्रण गर्न गृह मन्त्रालयलाई प्रवेश गर्नुपर्ने स्थिति आएको बताएका छन् । उनले प्राध्यापकहरूको सुरक्षाका लागि पिएसओ खटाइएको जानकारी दिँदै, त्यस पिएसओ फिर्ता गर्न सक्ने वातावरण बनाउन पनि अनुरोध गरे । त्रिभुवन विश्वविद्यालयमा विभिन्न […]

पूरा पढ्नुहोस्