- १८ भाद्र २०८२, बुधबार ०६:००
काठमाडौं, १८ भाद्र २०८२। त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण महाशाखा बल्खुले ५१ औं दीक्षान्त समारोह (२०८२) मा सहभागी हुन इच्छुक विद्यार्थीहरूका लागि अनलाइन आवेदन खुला गरेको छ।
उक्त दीक्षन्त समारोहमा २०८१ अषाढ ३१ देखी २०८२ जेठ ३१ सम्म ( तद अनुसार १५ जुन २०२४ देखि १४ जुन २०२५ सम्म स्नातक, स्नातकोत्तर, एम.फिल. तथा पीएच.डी. तहको वार्षिक वा सेमेस्टर प्रणालीबाट परीक्षा उत्तीर्ण गरेका विद्यार्थीहरूले आवेदन दिन सक्नेछन्।
परीक्षा नियन्त्रण महाशाखाले तोकेको समयसीमाभित्र अनलाइनमार्फत फाराम भरेर आवश्यक कागजातहरू अपलोड गर्नुपर्ने जनाएको छ। अनलाइन फाराम student.tuexam.edu.np मार्फत उपलब्ध हुनेछ।
आवश्यक कागजात
- एम.आर.पी. सहितको पासपोर्ट साइज फोटो
- नागरिकताको प्रतिलिपि
- उपयुक्त तहको Transcript (स्क्यान प्रतिलिपि)
सबै कागजातहरू अपलोड गरी अन्तिममा PDF प्रिन्ट गरी सुरक्षित राख्नुपर्नेछ।
शुल्क विवरण
स्नातक, स्नातकोत्तर तथा एम.फिल. : रु २३००
पीएच.डी. : रु २८००
यससँगै गाउन/स्कार्फ/टाइको लागि अतिरिक्त शुल्क लाग्नेछः
स्नातक : रु १८००
स्नातकोत्तर तथा एम.फिल. : रु १९००
पीएच.डी. : रु १९००
कुल रकम तहअनुसार न्यूनतम रु ३१०० देखि अधिकतम रु ४७०० सम्म पर्न सक्नेछ।
शुल्क बुझाउने व्यवस्था
विद्यार्थीहरूले नेपाल बैंक लिमिटेड वा IME बैंकमार्फत अनलाइन बैंकिङ प्रयोग गरी शुल्क बुझाउन सक्नेछन्। भुक्तानी गर्दा प्राप्त हुने Receipt र Transaction ID सुरक्षित राख्नुपर्नेछ।
अन्य व्यवस्था
रु २००० भन्दा बढीको शुल्क बुझाउँदा गाउन/स्कार्फ/टाइ पनि पाउने व्यवस्था गरिएको छ।
प्रत्येक वर्ष रु ५०० गाउन स्कार्फको मर्मत खर्चका लागि अतिरिक्त तिर्नुपर्नेछ।
दीक्षान्त समारोहको मिति, समय तथा स्थान परीक्षा नियन्त्रण कार्यालयको वेबसाइट tuexam.edu.np मा सार्वजनिक गरिनेछ।
परीक्षा नियन्त्रण महाशाखाले सबै विद्यार्थीलाई तोकिएको समयसीमाभित्र फाराम भरेर आवश्यक कागजात अपलोड गर्न अनुरोध गरेको छ ।










प्रतिकृया दिनुहोस्