विद्यालय
राष्ट्रिय पाठ्यक्रम प्रारूप समयसापेक्ष बनाउने तयारी, प्रतिवेदनलाई प्राथमिकता
काठमाडौँ, २८ साउन । विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप २०७६ लाई समयसापेक्ष र व्यवहारिक बनाउने उद्देश्यले गठित कार्यदलले प्रतिवेदनलाई प्राथमिकताका साथ अन्तिम रूप दिने निर्णय गरेको छ । शिक्षा तथा खेलकुद मन्त्रालयमा बिहीबार सम्पन्न कार्यदलको सातौँ बैठकले बदलिँदो शैक्षिक, सामाजिक तथा प्रविधिगत परिवेशअनुसार पाठ्यक्रमलाई समयानुकूल बनाउने निष्कर्ष निकालेको हो । बैठकमा कार्यदलअन्तर्गत रहेका १२ वटा […]
पूरा पढ्नुहोस्
मोर्गन सेकेन्डरी स्कुललाई ‘बेस्ट प्लस टु अवार्ड’
काठमाडौं । बसुन्धारामा अवस्थित प्रतिष्ठित शैक्षिक संस्था मोर्गन सेकेन्डरी स्कुल यस वर्षको प्रतिष्ठित ‘बेस्ट प्लस टु अवार्ड’ बाट सम्मानित भएको छ । केन्द्रबिन्दु अनलाइन मिडिया प्रालिद्वारा ललितपुरस्थित द प्लाजामा मंगलबार आयोजित ‘चौथो संस्करणको केन्द्रबिन्दु एजुकेसन एक्सिलेन्स अवार्ड २०८३’ समारोहमा मोर्गनलाई उक्त सम्मान प्रदान गरिएको हो। देशभरका विभिन्न शैक्षिक संस्थाहरूको मूल्याङ्कन, शिक्षण शैली र विगतका वर्षहरूमा […]
पूरा पढ्नुहोस्
मध्यम वर्गका विद्यार्थीहरूकाे लागि काेटेश्वरकाे उत्कृष्ट हिमालय कलेज
काठमाडौं । काठमाडौंको कोटेश्वरमा रहेको यस हिमालय स्कुल काठमाडौ उपत्यकाकै प्रतिष्ठित शैक्षिक संस्थाका रुपमा रहेको छ। वि.स.२०४५ सालमा स्थापना भएको यस स्कुलले सुरुवातदेखिनै गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको छ। शान्त, अनुशासित र प्रतिस्पर्धात्मक शैक्षिक वातावरणमा विद्यार्थीलाई उत्कृष्ट नतिजा निकाल्दै विद्यालयले निरन्तर सफलता हासिल गरेको छ। राष्ट्रिय परीक्षा वोर्डको परीक्षामा विद्यालयले प्राप्त गर्दै आएको […]
पूरा पढ्नुहोस्
एसइईको नतिजा सार्वजनिक
भक्तपुर, वैशाख २८ गते । राष्ट्रिय परीक्षा बोर्ड कक्षा १० ले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ सालको नतिजा भर्खरै सार्वजनिक गरेको छ । परीक्षा नियन्त्रक टुकराज अधिकारीले नतिजा सार्वजनिक गरिएको जानकारी दिनुभयो । चैत २९ गते सकिएको परीक्षाको नतिजा एक महिनाभित्रै सार्वजनिक गर्ने सरकारले यसअघि घोषणा गरेको थियो । नतिजाको विस्तृत विवरण आउन बाँकी रहेको छ […]
पूरा पढ्नुहोस्
एसईई नतिजा सार्वजनिक गर्ने तयारी
भक्तपुर । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा सार्वजनिक गर्ने तयारी गरेको छ। सरकारले यही वैशाख २९ गतेभित्र नतिजा सार्वजनिक गर्न अन्तिम ‘समयसीमा’ दिएपछि बोर्डले तीव्र गतिमा आवश्यक काम गरिरहेको हो। कक्षा १० का परीक्षा नियन्त्रक टुकराज अधिकारीले भने, ‘सरकारले वैशाख २९ गतेभित्र एसइईको नतिजा सार्वजनिक गर्न अन्तिम समयसीमा दिएको […]
पूरा पढ्नुहोस्
आजदेखि एसइई : पाँच लाख बढी विद्यार्थी सहभागी हुँदै, यस्तो छ नयाँ व्यवस्था
आजदेखि सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा (एसइई) मा यस वर्ष थप पारदर्शी र व्यवस्थित बनाइने भएको छ। परीक्षालाई व्यवस्थित र उत्तरपुस्तिका परीक्षणलाई छिटोछरितो बनाई शीघ्र नतिजा प्रकाशन गर्न नयाँ निर्देशिका जारी भएपछि परीक्षामा हुन सक्ने अनियमितता न्यून हुने अपेक्षा गरिएको छ। राष्ट्रिय परीक्षा बोर्डअन्तर्गत परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) ले विगतमा झैँ देशभर एकैपटक परीक्षा […]
पूरा पढ्नुहोस्
सेवा र विकासका लागि युवाको आयोजना तथा ओरेगन समाजको सहयोगमा बारपाकमा छात्रवृत्ति वितरण
गोरखा, बारपाक । सेवा र विकासका लागि युवाको आयोजना र अमेरिकास्थित ओरेगन नेपाली समाजको सहयोगमा बारपाकस्थित श्री बागेश्वरी आधारभूत विद्यालयकी कक्षा ८ की विद्यार्थीनी सुश्री अन्जिता गुरुङलाई छात्रवृत्ति वितरण कार्यक्रम सम्पन्न गरिएको छ। कार्यक्रम विद्यालय परिसरमै सम्पन्न भएको थियो। उक्त छात्रवृत्ति वितरणले ग्रामीण क्षेत्रका विद्यार्थीहरूलाई अध्ययनमा थप प्रोत्साहन मिल्ने अपेक्षा गरिएको आयोजकहरूले बताएका छन्। विद्यालयका […]
पूरा पढ्नुहोस्
काठमाडौँ महानगरले सबै सामुदायिक विद्यालयका कक्षाकोठामा स्मार्ट बोर्ड जडान गर्दै
काठमाडौँ, २४ असोज । काठमाडौँ महानगरपालिका भित्रका सामुदायिक विद्यालयलाई प्रविधिमैत्री (डिजिटल) बनाउँदै लगिएको छ । महानगरले अब आफ्ना सामुदायिक विद्यालयका लगभग सबै कक्षाकोठामा स्मार्ट बोर्ड जडान गर्ने तयारी गरेको छ । यससँगै सामुदायिक विद्यालयका विद्यार्थीहरूले डिजिटल स्मार्ट बोर्डमार्फत आधुनिक तरिकाले पढ्ने अवसर पाउने छन् भने शिक्षकहरूले पनि डिजिटल प्रविधिको प्रयोग गर्दै अध्यापन गर्न सक्ने वातावरण […]
पूरा पढ्नुहोस्सामुदायिक र संस्थागत विद्यालयको पाठ्यक्रममा संविधानसम्बन्धी ज्ञान थपिने
काठमाडौं । शिक्षा तथा खेलकुदमन्त्री महावीर पुनले सामुदायिक र संस्थागत विद्यालयको पाठ्यक्रममा संविधानसम्बन्धी ज्ञान थप्न निर्देशन दिएको बताएका छन् । बुधबार पाठ्यक्रम विकास केन्द्रमा दुई घण्टा छलफल गरेका मन्त्री पुनले सामुदायिक र संस्थागत विद्यालयहरूको पाठ्यक्रमको विकास गर्दा ज्यादै नै गम्भीर भएर काम गर्नुपर्ने, पाठ्यक्रमको परिमार्जन र अद्यावधिक समयमा गर्ने, मातृभाषाको पाठ्य पुस्तकहरूको विकासमा सहयोग गर्ने, […]
पूरा पढ्नुहोस्
यो वर्ष काठमाडाैँ महानगरका संस्थागत विद्यालयमा अध्ययनरत २० हजार बढी विद्यार्थीले पाए छात्रवृत्ति
काठमाडाैँ – काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहले यो वर्ष संस्थागत विद्यालयका २० हजारभन्दा धेरै विद्यार्थीलाई छात्रवृत्ति पाएको बताएका छन्।सोमबार मेयर बालेनले सामाजिक सञ्जालमार्फत यस्तो जानकारी गराएका हुन्। उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘एउटा कानुन कार्यान्वयनले यो वर्ष २० हजारभन्दा धेरै विद्यार्थीले स्कुलरसिप पाएका छन।’कार्यान्वयनको पहिलो वर्ष १३ हजार र दोस्रो वर्ष १९ हजार विद्यार्थीले छात्रवृत्ति पाएको […]
पूरा पढ्नुहोस्







