राष्ट्रिय समाचार

झापा-५ बाट निर्वाचित भएपछि बालेनले बुझे प्रमाणपत्र

काठमाडौं । झापा क्षेत्र नम्बर ५ बाट निर्वाचित रास्वपा वरिष्ठ नेता बालेन शाहले प्रमाणपत्र ग्रहण गरेका छन् । उनलाई मुख्य निर्वाचन कार्यालयका अधिकारीहरूले प्रमाणपत्र हस्तान्तरण गरेका हुन् । बालेन ६८ हजार ३४८ मतसहित निर्वाचित भएका हुन् । उनले नेकपा एमालेका अध्यक्ष समेत रहेका पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पराजित गरेका हुन् । एमाले अध्यक्ष ओलीले भने […]

पूरा पढ्नुहोस्

काभ्रे-२ मा रास्वपाका बदन भण्डारी विजयी

काभ्रेपलान्चोक । काभ्रेपलान्चोक २ नम्बर क्षेत्रमा रास्वपाका बदन भण्डारी विजयी भएका छ्न् । उनले ५३ हजार ३४४ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका मधु आचार्यले १७ हजार ८६८ मत ल्याए । त्यस्तै नेकपा एमालेका अशोक व्यान्जुले १३ हजार ९४० मत प्राप्त गरे । नेकपाका बसुन्धरा हुमागाइले ८ हजार १०७ मत […]

पूरा पढ्नुहोस्

पौने २ लाख समानुपातिक मत गन्दा ६ दल थ्रेसहोल्डभन्दा माथि

काठमाडौँ । प्रतिनिधिसभा निर्वाचन अन्तर्गत अहिलेसम्म १ लाख ७२ हजार ६४६ समानुपातिक मत गणना भएको छ । निर्वाचन आयोगमा अनुसार शनिबार दिउँसो १ बजेसम्म सो बराबरको मत गणना भएको हो । यसमध्ये राष्ट्रय स्वतन्त्र पार्टी (रास्वपा) ले ९४ हजार ९८ मत ल्याएको छ । त्यस्तै, नेपाली कांग्रेसले  २८ हजार ३२३, नेकपा एमालेले १९ हजार ९०५, राष्ट्रिय […]

पूरा पढ्नुहोस्

नेपाल प्रथम राष्ट्रिय अभियानले दियो घोषणापत्र निर्माणका लागि प्रमुख राजनीतिक दलहरूलाई सुझाव

काठमाडौं । नेपाल प्रथम राष्ट्रिय अभियानले आगामी फाल्गुण २१ गते सम्पन्न हुन गइरहेको प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै देशका प्रमुख राजनीतिक दलहरू—नेपाली कांग्रेसका सभापति गगन थापा नेकपा (एमाले), नेकपा नेता रामबहादुर थापा बादल, नेकपाका नेता पम्फा भुसाल, राष्ट्रिय स्वतन्त्र पार्टीका उप सभापति डिपि अर्याल र राष्ट्रिय प्रजातन्त्र पार्टीका शीर्ष नेतृत्वहरूलाई नेपाली युवा तथा समाजका राष्ट्रिय महत्त्वका […]

पूरा पढ्नुहोस्

एक महिना लामो स्वस्थानी व्रत समापन

काठमाडौं– पौष शुक्ल पूर्णिमाका दिन सुरु भएको एक महिना लामो स्वस्थानी व्रत आज समापन गरिएको छ । स्वस्थानी व्रत तथा प्रत्येक वर्ष पुस शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म सञ्चालन हुने माधवनारायण मेला आज बिहान भक्तपुरको हनुमानघाटस्थित त्रिवेणीधाममा स्नान गरी माधवनारायणको पूजा गरेपछि सम्पन्न भएको हो। व्रतालुहरूले बिहानै त्रिवेणीधाममा स्नान गरी माधवनारायणको विधिपूर्वक पूजा अर्चना गरेसँगै एक […]

पूरा पढ्नुहोस्

नेपालमा नै अवसरको पहिचान गर्न युवा विद्यार्थीहरुलाई प्रधानमन्त्री कार्कीको आह्वान

प्रधानमन्त्री सुशीला कार्कीले नेपालमा नै अवसरको पहिचान गर्न युवा विद्यार्थीहरुलाई आह्वान गर्नुभएको छ । आइतबार काठमाडौंमा आयोजित नेपाल खुल्ला विश्वविद्यालयको पहिलो दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले स्वदेशमा नै बसेर मुलुक बनाउनुपर्ने भन्दै नेपालमा नै अवसरको पहिचान गर्न युवा विद्यार्थीहरुलाई आह्वान गर्नुभएको हो । उहाले मुलुकमा देखिने तमाम व्यथितिबाट भाग्ने नभइ आफै डटेर सामना गर्नुपर्नेमा […]

पूरा पढ्नुहोस्

राष्ट्रियसभा निर्वाचन : गण्डकीमा प्रदेशसभातर्फ ५६ र पालिकातर्फ १६५ जनाले गरे मतदान

पोखरा- राष्ट्रियसभा सदस्यको निर्वाचनअन्तर्गत गण्डकी प्रदेशमा प्रदेशसभातर्फ ५६ जना सांसदले मतदान गरेका छन्। पालिकातर्फ अध्यक्ष उपाध्यक्ष गरी १६५ जनाले मतदान प्रक्रियामा भाग लिएका छन्। पोखराको राष्ट्र बैंक चोकस्थित निर्वाचन कार्यालयमा मतदान प्रक्रिया भइरहेको छ। सूचना अधिकारी रुद्रप्रसाद न्यौपानेका अनुसार प्रदेशसभा सदस्यतर्फ ३६ जना पुरुष र २० जना महिला मतदाता (सांसद) ले भोट खसालेका हुन्। यसैगरी, पालिकातर्फ […]

पूरा पढ्नुहोस्

खुला विश्वविद्यालयका ५४५ विद्यार्थी दीक्षित

काठमाडौँ- प्रधानमन्त्री सुशीला कार्कीले आज नेपाल खुला विश्वविद्यालयको पहिलो दीक्षान्त समारोहमा ५४५ विद्यार्थीलाई दीक्षित गरेकी छन्। प्रधानमन्त्री कार्कीले स्नातक र स्नातकोत्तर तहमा उत्कृष्ट नतिजा ल्याउने  विद्यार्थीलाई कुलपति पदकसमेत प्रदान गरेकी थिइन्। दीक्षान्त समारोहमा शिक्षाविद् तथा त्रिभुवन विश्वविद्यालयका पूर्व उपकुलपति केदारभक्त माथेमा प्रमुख अतिथि रहेका थिए। प्रधानमन्त्री कार्कीले विद्यार्थीहरूलाई स्वदेशमै बसेर अवसरको खोजी गर्न र मुलुकको निर्माणमा […]

पूरा पढ्नुहोस्

गायक प्रशान्त तामाङको निधन

काठमाडौं । गायक तथा अभिनेता प्रशान्त तामाङको निधन भएको छ । उनी निकट चलचित्रकर्मी राजेश घतानीका अनुसार दिल्लीस्थित आफ्नै निवासमा आज निधन भएको हो । ‘आज बिहान दिल्लीको आफ्नै अपार्टमेन्टमा निधन भएको हो,’ उनले अनलाइनखबरसँग भने, ‘हृदयघात भएको रहेछ ।’ इन्डियन आइडल जितेका तामाङ नेपालमा चर्चित थिए । उनले गाएका थुप्रै नेपाली गीत चर्चित छन् […]

पूरा पढ्नुहोस्

आज पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाइँदै

आज राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको ३०४औँ जन्मजयन्ती विभिन्न कार्यक्रम गरी मनाइँदै छ । विसं १७७९ मा जन्मिएका शाहको जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवस आज मुलुकभर विभिन्न कार्यक्रम आयोजना गरी मनाउन लागिएको हो । आधुनिक नेपालको एकीकरण अभियानका नेतृत्वकर्ता शाहले राष्ट्रको एकीकरण अभियानमा पुर्‍याएको योगदानको स्मरण गर्दै सधैँजस्तै आज पनि प्रमुख प्रशासनिक भवन सिंहदरबार पश्चिम ढोकाअगाडिको पृथ्वीनारायणको […]

पूरा पढ्नुहोस्