- १३ मंसिर २०७९, मंगलवार १८:२९
मंसिर १३, बझाङ । बझाङ जिल्लाबाट प्रतिनिधि सभा सदस्य पदमा निर्वाचित भएका एकीकृत समाजवादी नेता भानुभक्त जाेसी यतिखेर जितकाे विजयी उत्सव र खुसियाली साटासाटमा व्यस्त छन् ।
संयुक्त बाम लाेकतान्त्रिक गठबन्धनबाट एकल उम्मेदवारी बनेका भानुभक्त जाेसी अनेरास्ववियूका पूर्व अध्यक्ष एवम् नेकपा एमालेका केन्द्रीय सदस्य ऐन महरलाई पराजित गर्दै बझाङ जिल्लाबाट २६ हजार भन्दाबढी मत ल्याएर निर्वाचित भएका हुन् ।
निर्वाचित पश्चात् उनी यतिखेर बझाङ जिल्लाका गाउँ गाउँमा जितकाे खुसियाली साटासाट गर्दै गाउँमा भएका समस्याहरूकाे बारेमा पनि जनताहरूसँग गुनासो सुन्दै र अवलोकन गर्दै छन् । एकीकृत समाजवादीका स्थायी कमिटि सदस्य सम्म रहेका जाेसी विगतमा संविधान सभा सदस्य पदमा पनि निर्वाचित भई एक पटक मन्त्री सम्म भएर काम पनि गरिसकेका छन् ।
उनले निर्वाचित भए पश्चात् जनताकाे घरदैलोमा गएर धन्यवाद दिदै त्यस क्षेत्रमा रहेका विभिन्न खानेपानी , सडक संजाल, बिजुली , गरिबी, राेजगारीकाे अभाव जस्ता समस्यहरूलाई निराकरण गर्नका लागि निरन्तर काम गर्ने जनता सामु प्रतिब्धता व्यक्त गरिरहेका छन्











प्रतिकृया दिनुहोस्