- १७ कार्तिक २०७९, बिहीबार १९:१९
शिक्षक तिवारीलाई नेपाली काँग्रेसको नवलपुर क्षेत्र नं. २(२) मा प्रदेश सभा कार्यसमिति सभापति पदमा बहाल रहेको र हाल नेपाली काँग्रेसको विभिन्न चुनावी सभा तथा कार्यक्रममा दलको प्रतिनिधिको रूपमा सहभागी भइरहेकोले आचारसंहिता अनुसारको कारवाहीका लागि आयोगमा उजुरी प्राप्त भएकाले स्पष्टीकरण सोधिएको हो ।
‘तपाईं सरकारी विद्यालयको शिक्षक रहेको व्यक्तिले अमुक दलको निर्वाचन प्रचारप्रसार गर्न हुन्छ, हुँदैन ? तपाई सरकारी विद्यालयको शिक्षक रहेको व्यक्ति दलको राजनीतिक गतिविधिमा तथा प्रचारप्रसारमा संलग्न हुनुभएको तथा शिक्षक पदमा बहाल रहँदै कुनै दलको सदस्य बन्नु भएको होइन भन्ने आधार कारण के छ ?’ स्पष्टीकरणपत्रमा भनिएको छ, ‘यदि तपाईं दलका राजनीतिक गतिविधिमा संलग्न हुनु भएको हो भने तपाईंलाई निर्वाचन आचारसंहिताको उल्लंघनमा निर्वाचन आयोग ऐन, २०७३ को दफा २३ को उपदफा (३) बमोजिम तथा प्रचलित सेवा सम्बन्धी कानून बमोजिम किन कारवाही हुनु नपर्ने हो ?’
विद्यालय, महाविद्यालय वा विश्वविद्यालय तथा सोमा सम्बद्ध कर्मचारी, प्राध्यापक तथा शिक्षकले पालना गर्नुपर्ने आचरण अन्तर्गत खण्ड (क) मा कुनै राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा प्रचारप्रसारमा संलग्न हुन वा प्रचारप्रसार गर्न नहुने आचारसंहितामा व्यवस्था छ । साथै आचारसंहिताको सोही दफाको खण्ड (ज) मा सामाजिक सञ्जालमा कुनै राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा कुनै सन्देश, सूचना, प्रचारप्रसारका सामग्री पोष्ट वा शेयर गर्न वा सामाजिक सञ्जालमार्फत मत माग्न नहुने व्यवस्था छ ।
पर्वतको पञ्चकोशी माविका प्रधानाध्यापकलाई स्पष्टीकरण :
निर्वाचन आयोगले पर्वतको पञ्चकोशी माध्यमिक विद्यालयका प्रधानाध्यापकलाई निर्वाचन आचारसंहिता विपरीतका कार्यका विषयमा स्पष्टीकरण सोधेको छ । सो जिल्लाका प्रतिनिधिसभा सदस्यका उम्मेदवार अर्जुनप्रसाद जोशीले उक्त विद्यालयमा केही दिन पहिले तरुण दलको नामबाट विद्यार्थीलाई कपि कलम वितरण गरेर अभिभावकलाई प्रभावित गर्न कोशिस गरेको भन्ने समेत व्यहोराको लिखित उजुरी आयोगमा प्राप्त भएकाले स्पष्टीकरण सोधिएको हो ।
निर्वाचन आचारसंहिता, २०७९ को दफा ४ को खण्ड (न) मा ‘कसैले पनि कुनै प्रकारले निर्वाचनको स्वच्छता वा निष्पक्षतालाई प्रभावित गर्ने गरी कुनै कार्य गर्न नहुने’ व्यवस्था छ । आचारसंहिताको दफा १३ को खण्ड (झ) मा ‘विभिन्न क्लब, सामाजिक संस्था, धार्मिक संस्था, आमा समूह, गैरसरकारी संस्था, आश्रम जस्ता संस्था वा कुनै व्यक्तिलाई नगद वा जिन्सी वितरण गर्न, अनुदान, आर्थिक सहायता, चन्दा, पुरस्कार वा निर्वाचन खर्च वा बुथ खर्च दिन वा दिने घोषणा गर्न नहुने’ व्यवस्था छ ।
स्पष्टीकरण पत्रमा भनिएको छ– ‘त्यस विद्यालयमा पुरस्कार स्वरुप कपि कलम वितरण भएको बारे के कसो भएको हो ? निर्वाचन आचारसंहिताको विपरीत हुने गरी विद्यालयमा किन कार्यक्रम आयोजना गर्नुभएको हो ?’ यो पत्र तपाईंलाई कुनै माध्यमबाट प्राप्त भएको २४ घण्टाभित्र निर्वाचन आयोग वा जिल्ला निर्वाचन कार्यालय पर्वतमा प्राप्त हुने गरी स्पष्टीकरण पेश निर्देशन दिइएको छ ।
पर्वतको नारायणी माविका शिक्षक सुभन्तराज सुवेदीलाई स्पष्टीकरण :
निर्वाचन आयोगले पर्वतको कुस्मा नगरपालिकास्थित नारायणी माध्यमिक विद्यालयका शिक्षक सुभन्तराज सुवेदीलाई राजनीतिक दल र उम्मेदवारको पक्षमा प्रचारप्रसारमा संलग्न भएको विषयमा स्पष्टीकरण सोधेको छ । आफ्नो पदीय दायित्व समेत ख्याल नगरी लगातार निर्वाचन सम्बन्धी दलका बैठक, कार्यक्रम र भेला लगायतमा सहभागी भएको भन्ने समेत व्यहोराको आयोगमा उजुरी प्राप्त भएकाले स्पष्टीकरण सोधिएको हो ।
‘तपाईं सरकारी विद्यालयको शिक्षक रहेको व्यक्तिले अमुक दलको निर्वाचन प्रचारप्रसार गर्न हुन्छ, हुँदैन ? तपाई सरकारी विद्यालयको शिक्षक रहेको व्यक्ति दलको राजनीतिक गतिविधिमा तथा प्रचारप्रसारमा संलग्न हुनुभएको तथा शिक्षक पदमा बहाल रहँदै कुनै दलको सदस्य बन्नु भएको होइन भन्ने आधार कारण के छ ?’ स्पष्टीकरणमा भनिएको छ, ‘यदि तपाईं दलका राजनीतिक गतिविधिमा संलग्न हुनु भएको हो भने तपाईंलाई निर्वाचन आचारसंहिताको उल्लंघनमा निर्वाचन आयोग ऐन, २०७३ को दफा २३ को उपदफा (३) बमोजिम तथा प्रचलित सेवा सम्बन्धी कानून बमोजिम कारवाही किन हुनु नपर्ने हो ?’
प्रधानाध्यापक अनन्तलाल भण्डारीलाई स्पष्टीकरण :
निर्वाचन आयोगले गुल्मीको महेन्द्र आदर्श नमूना माध्यमिक विद्यालय, मुसिकोटका प्रधानाध्यापक अनन्तलाल भण्डारीलाई स्पष्टीकरण सोधेको छ । एकीकृत समाजवादी पार्टीको लुम्बिनी प्रदेश कमिटी सदस्यको जिम्मेवारीमा रहेको तथा निर्वाचन घोषणा भएपश्चात चुनावी कार्यक्रम तथा बैठकमा सहभागी हुँदै आएकोले भण्डारीलाई तत्काल कारबाही गरियोस भन्ने समेत व्यहोराको उजुरी आयोगमा प्राप्त भएकाले स्पष्टीकरण सोधिएको हो ।
तपाईं सरकारी विद्यालयको शिक्षक रहेको व्यक्तिले अमुक दलको निर्वाचन प्रचारप्रसार गर्न हुन्छ, हुँदैन ? तपाईं सरकारी विद्यालयको शिक्षक रहेको व्यक्ति दलको राजनीतिक गतिविधिमा तथा प्रचारप्रसारमा संलग्न हुनुभएको तथा शिक्षक पदमा बहाल रहँदै कुनै दलको सदस्य बन्नु भएको होईन भन्ने आधार कारण के छ ? यदि तपाईं दलका राजनीतिक गतिविधिमा संलग्न हुनु भएको हो भने तपाईंलाई निर्वाचन आचारसंहिताको उल्लंघनमा निर्वाचन आयोग ऐन, २०७३ को दफा २३ को उपदफा (३) बमोजिम तथा प्रचलित सेवा सम्बन्धी कानून बमोजिम किन कारवाही हुनु नपर्ने हो ? यो पत्र कुनै माध्यमबाट प्राप्त भएको मितिले २४ घण्टाभित्र निर्वाचन आयोगमा वा जिल्ला निर्वाचन कार्यालय, गुल्मीमा आफँै उपस्थित भई वा आफ्नो प्रतिनिधिमार्फत चित्तबुझ्दो आधार कारण उल्लेख गरी स्पष्टीकरण पेश गर्न भनिएको छ ।










प्रतिकृया दिनुहोस्