- १६ श्रावण २०७९, सोमबार १२:४२
लियो क्लब अफ भरतपुरले भरतपुर महानगरपालिका वडा नं २ क्षेत्रपुर स्थीत ब्राइट स्टार सोसाइटी नामक अनाथ आश्रममा श्रावण १५ को अवसर पारेर LEO FELLOWSHIP WITH KHEER & MEHANDI कार्यक्रम सम्पन्न गरेको छ।
क्लबको सामाजिक उत्तरदायित्तव अन्तरगतको कार्यक्रममा उक्त आश्रममा रहेका १५ जाना बालबालिकाहरूलाई खिर खुवाउने तथा मेहेन्दी लगाउने कार्यक्रम सम्पन्न गरिएको कार्यक्रम संयोजक लियो पुष्पा कडेंल तथा सुमन रोक्का जि ले जानकारी दिनुभयो ।
लियो पुरूषोत्तम सुबेदीको प्रमुख आतिथ्यतामा संचालन भएको उक्त कार्यक्रममा लियो राजेन्द्र श्रेष्ठ,लियो किरण लामिछाने, लियो बिज्ञान पौडेल बिशिष्ट अतिथिको रुपमा रहनुभएको थियो।
क्लबकी निबर्तमान अध्यक्ष सिला न्यौपानेको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा अतिथिको रुपमा
सुदिपा पौडेल, दिपेश ज्ञवाली, तथा सुदृष्टी पाण्डे रहनुभएको थियो।
साथै लियो क्लबकी अध्यक्ष शिला न्यौपानेले क्लबले आयोजना गरेको कार्यको महत्व झल्काऊदै क्लवले आगामी दिनहरुमा पनी यस्तै परोपकारी तथा सेवामुखी कार्यक्रमहरुलाई निरन्तरता दिने संकल्प गर्नुभएको थियो।
उक्त कार्यक्रमको अवसर पारि क्लबकि सक्रिय सेक्रेटरी पुष्पा कडेलको जन्मउत्सव समेत मनाएको थियो ।
क्लबले आफ्नो स्थापनाकाल देखिनै अनाथालय, बृद्धाश्रम, सांस्कृतिक सम्पदा संरक्षण, शिक्षा, स्वास्थ्य, प्राकृतिक विपत्ति भोगेकाहरुका लागि, चेतना मुलक कार्यक्रमहरु आदि समय समयमा विभिन्न किसिमका सहयोग र राहत सामाग्रीहरु उपलब्ध गराउँदै आएको छ ।










प्रतिकृया दिनुहोस्