- २८ असार २०७९, मंगलवार १०:४१
असार २८, धनगढी । धनगढी उप महानगरपालिकाका मेयर गाेपाल हमालले असार महिनामा प्राप्त गरेका सेवासुविधा वापतकाे रकम एक बहिरा स्कुललाई दान गरेका छन् ।
स्वतन्त्रबाट धनगढीकाे मेयर बनेका गाेपाल हमालले धनगढी उपमहानगरपालिका वडा न ११ मा अवस्थित श्री दक्षिणकाली वहिरा आधारभूत आवसिय विद्यालयलाई हस्तान्तरण गरेका छन् । उनले असार महिनामा सेवा सुविधा वापतकाे रू ८१५७६ रूपैँया प्राप्त गरेका थिए । त्याे सबै रकम उनले स्कुलमा दान गरेका हुन ।
उनले दान गर्दै आफ्नाे फेसबुकमा लेखेका छन् ।
” धनगढी उप-महानगरपालिकाबाट मैले असार महिनाको सेवा सुबिधा मार्फत प्राप्त गरेको रकम एकासी हजार पाँच सय छहत्तर (रु.८१५७६) धनगढी उप-महानगरपालिका वडा न.११ मा अवस्थित श्री दक्षिणकाली वहिरा आधारभुत आवसिय बिद्यालयलाई आज एक समारोह बिच हस्तान्तरण गरेको छु । दक्षिणकाली वहिरा आधारभुत आवासीय विद्यालयमा हाल १०३ बिद्यार्थी आवास सहित अध्ययनरत छन । सुदुरपश्चिम प्रदेशका कैलाली,कंचनपुर,डोटि,बैतडी, अछाम, बझाङ, बाजुरा, डडेल्धुरा जिल्लाका फरक क्षमताका (वहिरा)बिद्यार्थी अध्ययनरत रहेका छन । कक्षा ६ सम्म पढाइ हुने उक्त बिद्यालय विभिन्न अभाव र समस्या बिच संचालित छ । बिद्यार्थीको लुगाका लागि मैले बिद्यालयलाई सो रकम हस्तान्तरण गरेको छु”
।
यश अघि पनि उनले धनगढी नगर प्रमुले चडने गाडीलाई एम्बुलेसन्स बनाउनका लागि एउटा स्वास्थ्य चाैकिलाई हस्तान्तरण गरसिसकेका छन् ।










प्रतिकृया दिनुहोस्