- २० बैशाख २०७९, मंगलवार १४:३२
बुढानिलकण्ठ नगरपालिका अन्तर्गत वडा नं १३ मा उम्मेदवार भरत श्रेष्ठले शिक्षा र स्वास्थ्यलाई पहिलाे प्रथमिकता राखेर घरदैलाे अभियान सुरू गरेका छन् । मेयरका उम्मेदवार विनाेद चालिसे र उप मेयरका उम्मेदवार रमिला वाग्लेलाई साथमा लिएर घर जनताको दैलाेमा भाेट माग्न हिडेका भरत श्रेष्ठले चुनिखेल क्षेत्रका बासिन्दाकाे लागि हिजाेकाे दिनमा पनि धेरै काम गरेकाे र अब पनि जितेर झनै राम्रो काम गर्ने एजेन्डा सहित भाेट मागि रहेका छन् । बुढानिलकण्ठ वडा नम्बर- १३ मा नेपाली काङ्ग्रेस र नेकपा माओवादी (केन्द्र) बिच गठबन्धन पनि भएको छ ।
नयाँ वर्षको शुभ अवसर पारेर एक पटक वडावासीलाई शुभकामना दिँदै घरदैलोमा पुगी सकेका नेपाली काङ्ग्रेसका उम्मेदवार भरत श्रेष्ठले आफ्नो गठबन्धनकाे टिमसहित दोस्रो चरणको घरदैलो सुरु गरेका छन् । उनी लगायत मेयर , उपमेयरले २० गते बिहान नाैलिङ्गेश्वरी मन्दिरको दर्शन गरेर मेयर पदका उम्मेदवार विनाेद चालिसेसहितकाे टाेलीले वडा नं १३ काे घरदैलाे गरेकाे अभियान सुरू गरेका थिए छ । स्थानीय गाम्चाबाट शुरू भएकाे घरदैलाेमा स्थानीयवासी बुढापाकाकाे आशीर्वाद लिएर घरदैलोमा हिडेका थिए । घरदैलो कार्यक्रममा नेपाली काँग्रेस र नेकपा माओवादी(केन्द्र) बुनपा-१३ का नेता एवं कार्यकर्ताहरूसहितकाे सर्वसाधरणकाे उल्लेख्य उपस्थिति रहेको थियो ।

यसैबीच युवाहरूलाई समेटेर हिँड्न सक्ने नेताको रूपमा ख्याति कमाएका भरत श्रेष्ठलाई घरदैलो कार्यक्रममा स्थानीयवासीकाे व्यापक साथ, सहयोग र समर्थन पाएका छन् । दोस्रो चरणको घरदैलो सुरु गर्नुपूर्व श्रेष्ठले “समुन्नत समाजका लागि समर्पित सबल र सक्षम स्थानीय सरकार” को नारासहित आफ्नो प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन् ।

विभिन्न १६ वटा क्षेत्रलाई समेटेर संयुक्त रूपमा तयार पारिएको घोषणा पत्रमा नवीन सोच र योजनाहरू समेटिएका छन् । घरदैलो कार्यक्रममा जाँदा वडावासीकाे अत्यन्त सकारात्मक प्रतिक्रिया दिएको र जितको लागि सद्भावपूर्ण शुभकामना दिइरहेका छन् । वडावासीले आफूप्रति देखाएको विश्वास कै कारण यस पटकको निर्वाचन आफ्नाे गठबन्धनकाे टिमले जित्नेमा भरत ढुक्क देखिन्छन् ।










प्रतिकृया दिनुहोस्