- ४ फाल्गुन २०७८, बुधबार १९:५४
फागुन ३, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा आगामी जेठमा हुने सूचना प्रकाशन गर्यो। त्यसयता काठमाण्डूको निजी उच्च माध्यमिक विद्यालमा विज्ञान सङ्कायमा अध्ययनरत रामेछापकी नन्दिता केसीको समय दबावपूर्ण बितिरहेको छ।
परीक्षाअघि पाठ्यक्रम नसकिने चिन्ता र पाठ्यक्रम सक्नकै लागि भर्चुअल कक्षा द्रुत गतिमा अघि बढ्नुले समस्या निम्त्याएको केसी बताउँछिन्।
“कक्षा अनलाइनमा भइरहेको छ। प्राविधिक समस्या कहिले शिक्षकले भोग्नु पर्छ कहिले हामीले। तर अहिले मूल समस्या पाठ्यक्रम आधा पनि नसकिनु हो,” उनले भनिन्।
शिक्षकहरू पाठ्यक्रम चैतको अन्त्यसम्म सक्दा विद्यार्थीका लागि परीक्षा तयारी समय नहुने बताइरहेका छन् भने शिक्षाविद् र अधिकारीहरू महामा-रीले बिथोलिएको शैक्षिक सत्र मिलाउन यसले सहज बनाउने धारणा राख्छन्।
विद्यार्थीलाई गार्हो
कलेजले चैतको अन्त्यसम्म पाठ्यक्रम सकाएर आन्तरिक परीक्षा लिने सूचना जारी गर्दा झन् द-बाव थपेको केसीले सुनाइन्।
“दुई महिना पनि बाँकी छैन। पाठ्यक्रम सक्नकै लागि ४० मिनेटको अनलाइन कक्षामा पीडीएफ पठाउनु बाहेक बुझ्नु वा बुझाउने काम भएकै छैन,” उनले गुनासो पोखिन्।
प्राय: विद्यालयले परीक्षा तालिका सार्वजनिक भएपछि परीक्षा सुरु हुनुभन्दा एक महिना अघिदेखि तयारी बिदा दिन्छ। त्यस समय भौतिक कक्षा सञ्चालन भए विद्यार्थीको समस्या हल हुने केसीको धारणा छ।
काठमाण्डू मोडल कलेजका प्रधानाध्यापक डा. नवीन्द्रबहादुर अर्यालले परीक्षा अगावै पाठ्यक्रम सकिने भए पनि विद्यार्थीहरूलाई तयारीका लागि पर्याप्त नहुने बताए।
डा. अर्याल भन्छन्, “जेठमै परीक्षा हुनुले विद्यालयलाई त समस्या छैन। तर कहिले भौतिक त कहिले अनलाइन कक्षा गर्नु परेकाले विद्यार्थीहरूलाई गाह्रो बनाएको छ।”
खलबलिएको शैक्षिक सत्रलाई राहत
कोभिड-१९ का कारण प्राथमिकदेखि उच्च माध्यमिक तहसम्म सबैको अध्ययन अध्यापन प्रभावित भएका छन्। तर तत्कालका लागि शैक्षिक सत्रलाई प्रभावित गर्ने गरी परीक्षा सार्ने अवस्था नभएको शिक्षाविद् धनञ्जय शर्मा बताउँछन्।
“कोरोना महामा-रीका कारण हाम्रो शैक्षिक सत्र दुई वर्ष खलबलिएको छ। त्यसलाई लयमा फर्काउन परीक्षा राहत हो,” शर्माले भने।
नेपालमा महामा-रीको तेस्रो लहर केही कम भएसँगै विद्यालयहरू खुल्न थालेका छन्। त्यसैले बिदा कटौती गरी शिक्षकहरूले पर्याप्त समय दिएको खण्डमा पाठ्यक्रम सक्न समस्या नहुने शर्माको धारणा छ।
“यस प्रक्रियामा शिक्षकहरूको भूमिका महत्त्वपूर्ण छ। उहाँहरूले मिहिनत गर्ने, बिदाको दिन पनि समय दिने, विद्यालय नियमित सञ्चालन हुने र विद्यार्थी पनि अनुपस्थित नहुने हो भने पाठ्यक्रम सकिन्छ,” शर्माले बताए।
जेठको दोस्रो सातापछि परीक्षा
एसइईसँगै कक्षा १२ को परीक्षाको तयारी थालेको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ। बोर्डका अध्यक्ष महाश्रम शर्माका अनुसार जेठको दोस्रो सातापछि परीक्षा सञ्चालन गर्ने तयारी भइरहेको छ।
“महामा-रीले निम्त्याएको परिस्थिति केही शान्त भएपछि पठनपाठन नियमित बन्न थाल्यो। त्यसैले पाठ्यक्रम सकिने भएकाले परीक्षाको गर्न लागेका हौँ,” शर्माले भने।
उनले शैक्षिक सत्रलाई खेर जान नदिनका लागि कक्षा ८, कक्षा १० र कक्षा १२ को परीक्षा सञ्चालन गर्नु पर्ने बताए। आफूहरूले परीक्षालाई नियमित र व्यवस्थित बनाउन जोड दिएको दाबी गरे।
उनले यसै महिनाको दोस्रो साता तालिका सार्वजनिक हुने जानकारी समेत दिए।
विद्यालय बन्द हुँदा वैकल्पिक माध्यमबाट समेत अध्यापन भएकाले पाठ्यक्रम सकिनु र परीक्षा गर्नु समस्या नहुने उनको तर्क छ।
‘परीक्षा गर्ने निर्णय बोर्डको मात्र होइन’
कोभिड-१९ महामा-री सुरु भएको करिब एक वर्षसम्म पठनपाठन ठप्प प्राय थियो। जसकारण शैक्षिक सत्र पनि धकेलियो।










प्रतिकृया दिनुहोस्