- ३ फाल्गुन २०७८, मंगलवार २१:३९
फागुन ३, चितवन । ठूलो व्यापारिक सवारीसाधन निर्माता फोर्स मोटर्सको नेपालका लागि आधिकारिक बिक्रेता आयाम ईन्टरकन्टिनेन्टलले नयाँ भर्सन Force Traveller ल्यायको छ।
बढ्दो रुट एप्लिकेसन, स्कुल, टुर र ट्राभलका ग्राहकलाई लक्षित गरेर नयाँ उत्पादन Traveller माइक्रो तथा मिनीबस’ सार्वजनिक गरेको छ।
बढ्दो सहरीकरण, ट्राफिक संकुचन र वातावरणीय समस्या भइरहेको नेपालजस्तो देशमा फोर्सको नयाँ मोडलको Traveller T1 बस उपयोगी हुने विश्वास आयाम ईन्टरकन्टिनेन्टलका महाप्रबन्धक मनोज ईटनीले बताए।

नयाँ Traveller T1 ले प्रदूषण कम गर्ने र मध्यम आकारको भएकाले यो बस सहरी तथा मध्यम दूरिकको यात्राका लागि उपयोगी हुने ’ उनले भने, ‘स्कुल, रुट एप्लिकेसन, टुर र ट्राभल अपरेटरहरुका लागि उत्पादन कार्यसम्पादन र इन्धनको क्षमताको बढ्दो आवश्यकतालाई नयाँ Traveller T1 ले सम्बोधन गर्नेछ।’
यसको स्टाइल, फराकिलो स्थान, आराम र सुरक्षामा कुनै सम्झौता नभएको उनको भनाइ छ। यी वर्षहरूमा, फोर्स मोटर्सले नेपाली बजारमा फोर्सका उत्कृष्ट उत्पादन उपलब्ध हुँदै आएको ईटनिले बताए।
‘हामीले फोर्स मोटर्सका धेरै सबारीलाई देशका विभिन्न स्थानहरुमा कठिन र निरन्तर परीक्षण पश्चात पूर्णक्षमतामा नेपालको पूर्वदेखी पश्चिमसम्म र पुनः पश्चिम उत्तरी पहाडी क्षेत्रमा पनि परीक्षण गरिसकेका छौं,’ उनले भने, ‘यो उत्पादनले यसको तेज र चुस्ततालाई प्रमाणित गरी हाम्रो अविश्वसनीय सडकका लागि उपयुक्त बन्ने छ।’ आकर्षक मूल्यमा विकसित विशेषतासहित फोर्स मोटर्सले ग्राहकहरुको र प्यासेन्जरको हीतकोलागी बनेकोले सबैको विश्वास जित्दै आईरहेको छ ।

बसहरु नचल्ने साँघुरो सडकमा आरामदायी यात्राको बढ्दो मागलाई सम्बोधन गर्नका लागि फोर्स Traveller T1 ले देशको अन्तिम माइलको यात्रुको मागलाई बढावा दिँदै देशभर उद्यमशीलता विकास जारी राख्ने अपेक्षा आयाम ईन्टरकन्टिनेन्टलले गरेको ईटनिले बताए।
फोर्स मोटर्स Traveller T1 को विशेषता
फोर्स Traveller T1 को १५ इन्चको ह्विल क्याप भएको टायरसहित आउँछ। जसले सवारीलाई स्टाइलिस देखाउँछ र ग्राउन्ड क्लियरेन्स २१० एमएम रहेको छ। लामो दूरीको यात्राका लागि त्चTraveller T1 मा पर्याप्त समान राख्ने स्पेस उपलब्छ छ।

अधिकतम कार्यसम्पादन र किफायती इन्धन खपत गर्नेगरी Traveller 2.6CR रेन्जमा फोर्स मोटर्सको मर्सिटिज क्लाबेर्सनइन्जिन छ। यो इन्जिनले ९० हर्सपावरको शक्ति दिन्छ। ईन्जीनमा ३ लाख KM/ र ३ बर्षको वारेन्टि साथै गियरबक्समा १.५ लाख र १.५ बर्षको समेत वारेन्टि र गाडीले कम आरपीएममा पनि धेरै तान्ने क्षमता सुनिश्चित गर्ने दाबी कम्पनीको छ।
बढ्दो सहरीकरण, ट्राफिक संकुचन र वातावरणीय समस्या भइरहेको नेपालजस्तो देशमा फोर्सको नयाँ मोडलको Traveller T1 बस उपयोगी हुने विश्वास आयाम ईन्टरकन्टिनेन्टल का महाप्रबन्धक मनोज ईटनीले बताए।










प्रतिकृया दिनुहोस्