- २७ भाद्र २०८२, शुक्रबार १०:४२
काठमाडौं । जेनजी आन्दोलन पछिको अन्तरिम सरकार प्रमुख सुशीला कार्की हुने भएकी छन् । कार्की सरकार प्रमुख भएमा उनी नेपालले राजनीतिक इतिहासमा पहिलो पटक महिला सरकार प्रमुख पाउने छ ।
नयाँ सरकार गठनको मुद्दा संसद् विघटन गरेर बनाउने कि संसद् राखेर भन्नेमा अड्किएको छ । कार्कीलाई सरकार प्रमुख बनाउने कि नगरी भन्ने विषयमा मत मिल्न नसकेपछि मध्यरातिसम्म राष्ट्रपति कार्यालय, शितलनिवासमा बसेको वार्ता निष्कर्षविहीन भएको हो ।
जेनजी समुहलेट संसद् विघटनविना नयाँ सरकार गठनका कुनै प्रक्रिया अघि बढ्न नसक्ने अडान राखेको छ भने पुराना दल र राष्ट्रपति पौडेलले संसद्बाटै निकास निकाल्न पर्ने अडान राखेका छन् ।
शुक्रबार बिहान फेरि छलफलमा बस्ने गरी हिजो वार्ता टुंगिएको थियो । नेपाली सेनाको जंगीअड्डामा बुधबार भएको छलफलपछि जेनजी प्रतिनिधिले अन्तरिम सरकार प्रमुखका रुपमा कार्कीको नाम प्रस्ताव गरेका थिए ।
राष्ट्रपति पौडेलले नयाँ सरकार गठनका लागि राजनीतिक सहमति जुटाउन दलका नेताहरुसँग परामर्श गरिरहेका छन् । सहमति भएमा आजै सुशीला कार्कीलाई नेपालले नयाँ सरकार प्रमुख पाउनेछ । उनलाई राष्ट्रपतिले नियुक्ति गर्नेछन् भने प्रक्रिया अगाडी बढेमा आजै सपथ समेत हुनेछ ।










प्रतिकृया दिनुहोस्