- २२ भाद्र २०८२, आईतवार १२:५३
काठमाडौं । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले सामाजिक सञ्जाल बन्द गरेर मात्र समस्या समाधान नहुने बताएका छन् ।
आइतबार पार्टी सभापति शेरबहादुर देउवा निवासमा बसेको पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले सामाजिक सञ्जाललाई दुरुपयोग रोक्ने उपाय खोज्नुपर्ने तर पूर्ण बन्द समाधान नहुने बताए ।उनले सामाजिक सञ्जाललाई नेपाली जनताको दुःखसुखको साथीको रूपमा व्याख्या गर्दै बिरामी पर्दा सहयोग पाउने, विपद् सूचना सम्प्रेषणमा योगदान दिने र सामाजिक अभियानमा उपयोगी रहेको स्मरण गराए । ‘सामाजिक सञ्जाल राजनीतिक मात्र होइन, जनजीवनसँग प्रत्यक्ष जोडिएको सशक्त माध्यम हो, ‘उनले भने ।
केसीले अभिव्यक्ति स्वतन्त्रतामा कुण्ठा ल्याउने प्रयासप्रति आपत्ति जनाउँदै कांग्रेस ‘मुकदर्शक’ बन्न नहुने धारणा राखे । उनले नेपालमा दर्ता प्रक्रियालाई अटेर नगरी संवादमार्फत समाधान खोज्न सरकारसँग आग्रह गरे ।
उनका अनुसार, सामाजिक सञ्जाल बन्द गरिएकामा आम नागरिक रुष्ट भएका छन् र यसले असन्तुष्टि बढाएको छ। ‘समस्या छिटो समाधान गरेर नागरिकलाई सहज बनाउनुपर्छ, ‘उनले जोड दिए ।










प्रतिकृया दिनुहोस्