- २ भाद्र २०८२, सोमबार १७:५४
काठमाडौँ– नेकपा एमाले युवा विद्यार्थी विशेष जिल्ला कमिटी सचिवालय सदस्य धर्मराज तिमिल्सीनाले त्रिभुवन विश्वविद्यालयको कानूनमा रहेका त्रुटीहरू सच्याउन त्रिभुवन विश्वविद्यालय उपकुलपतिको ध्यानाकर्षण गराएका छन्।
त्रिभुवन विश्वविद्यालय जस्तो गरिमामय संस्थाले त्रिभुवन विश्वविद्यालय सङ्गठन तथा शैक्षिक प्रशासन नियम २०५० मा अघिल्लो संशोधनहरु नै गायब पारेर नियमावली प्रकाशित गरिएको प्रति सजग गराएका छन्।
यसका साथै त्रिभुवन विश्वविद्यालय शिक्षक कर्मचारी सेवा सम्बन्धी नियम २०५० मा महिलालाई २३% आरक्षण नभई ३३% हुनु पर्ने माग राखेका छन भने स्ववियुमा विद्यार्थी संगठनको चुनाव चिन्ह लिई निर्वाचित भैसकेपछि संगठनको हित विपरीत कार्य गर्दा वा अनियमितता वा भ्रष्टाचारजन्य कार्य गर्दा निज संगठनको चुनाव चिन्ह मार्फत निर्वाचित व्यक्तिलाई संगठनले कारवाई गर्दा स्ववियुको निर्वाचित पद स्वत रिक्त हुने गरि व्यवस्था गर्न लगायत त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयको कार्यशैली सुधार गर्न समेत ध्यानाकर्षण गराएका छन्।










प्रतिकृया दिनुहोस्