- ३० श्रावण २०८२, बिहीबार ११:१३
निजी विद्यालयहरूले आन्दोलनका कार्यक्रम घोषणा गरेका छन् । शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिबाट प्रस्तावित शिक्षा विधेयकमा केही विषयहरू निजी विद्यालयहरूलाई अमान्य भएको भन्दै आन्दोलनका कार्यक्रम घोषणा गरेको हो ।
सरकारले विद्यालय शिक्षा विधेयकमा चार बुँदा नसच्याए आन्दोलनमा जाने निजी विद्यालयहरूले चेतावनी दिदैँ आएका थिए ।
निजी विद्यालयहरूलाई क्रमशः गैर नाफामूलक बनाईनेछ भन्ने वाक्यांश हटाइनु पर्ने, पूर्ण छात्रवृत्ति भन्ने शब्द हटाइनु पर्ने, हाल अभ्यासमा रहेको जम्मा विद्यार्थी सङ्ख्याको १०% छात्रवृत्ति दिने प्रावधानलाई निरन्तरता दिइनु पर्ने र छात्रवृत्ति अन्तर्गत भर्ना शुल्क, वार्षिक शुल्क र मासिक पढाइ शुल्क कायम हुनुपर्ने व्यवस्था गरेर शिक्षा ऐन जारी गर्नुपर्ने उनिहरूले माग गरेका छन् ।
प्याब्सनले प्रदेश/जिल्ला तथा पालिका कार्यसमितिहरू सबैलाई निर्देशन दिँदै भोलिदेखि आन्दोलन गर्ने जनाएको छ । साउन २९ गतेदेखि ७ गतेसम्मका आन्दोलनका कार्यक्रम सार्वजनिक गर्दै भदौँ ७ गतेसम्म निकास ननिस्किए विद्यालय बन्दसम्मको कार्यक्रम हुने प्याब्सनका अध्यक्ष कृष्ण अधिकारीले जानकारी दिए ।
यस्ता छन् आन्दोलनका कार्यक्रम
१. साउन २९ गते बिहान ११ बजे पत्रकारहरूको उपस्थितिमा अध्यक्ष : मेयर र पालिका शिक्षा शाखा सदस्यहरूको व्यापक उपस्थितिमा ज्ञापन पत्र बुझाउने ।
२. साउन ३० गते ११ बजे प्याब्सन सदस्यहरूको उपस्थितिमा जिल्ला प्रशासन कार्यालय, शिक्षा विकास तथ समन्वय इकाई र जिल्ला समन्वय समितिको कार्यालयमा ज्ञापन पत्र बुझाउने ।
३. भाद्र १ गते ११ बजे प्रदेशमा मुख्यमन्त्री र सामाजिक विकास मन्त्रालयलाई ज्ञापन पत्र बुझाउने ।
४. भादौँ २ गते आआफ्नो निर्वाचन क्षेत्रका सङ्घीय (प्रतिनिधि सभा/राष्ट्रिय सभा सांसदहरूलाई ज्ञापन पत्र बुझाउने ।
५. भदौँ ३ गते हरेक पालिकामा पालिकास्तरीय समितिको आन्दोलन तयारी बैठक बस्ने ।
६. भदौँ ४ प्रत्येक जिल्लामा जिल्लास्तरीय समितिको आन्दोलन तयारी बैठक बस्ने ।
७. भदौँ ५ गते सातै प्रदेशमा प्रदेशस्तरीय समितिको आन्दोलन तयारी बैठक बस्ने ।
८. भदौँ ६ र ७ केन्द्र/प्रदेश स्तरमा सरोकारवालाहरूसँग अन्तरक्रिया गर्ने ।
९. उक्त समय सीमाभित्र भद्र रूपमा गरिएको आन्दोलन, सचेतना, ज्ञापन पत्र बुझाउने, अन्तरक्रिया र छलफलबाट निकास ननिस्किए विद्यालय बन्दसम्मको कार्यक्रम गर्ने निर्देशन दिँदै त्यसलाई मध्यनजर गर्दै सबै तहका समितिहरूले आवश्यक तयारी गर्नुहोला ।










प्रतिकृया दिनुहोस्