- २९ श्रावण २०८२, बुधबार १४:०७
काठमाडौँ । केही दिन अगाडिदेखि सामाजिक सञ्जालमा एउटा तस्वीर तीव्र रूपमा भाइरल भइरहेको छ । पवित्र हिन्दू तीर्थस्थल पशुपतिनाथ मन्दिर परिसरमा एक मुस्लिम पुरुषले नमाज अदा गरिरहेको दृश्य। यस घटनापछि धेरैको मनमा प्रश्न उब्जिएको छ—के यो केवल संयोग थियो, कि योजनाबद्ध स्क्रिप्ट?
सबैभन्दा पहिले, सो घटना हुँदा पत्रकारहरू त्यहाँ कसरी र किन उपस्थित थिए ? त्यहाँ उपस्थित मिडियाकर्मीहरू प्रेस कार्ड र आधिकारिक पोसाकसहित अगाडिपछि घुम्दै, क्यामेरा एङ्गल मिलाउँदै फोटो खिचिरहेका दृश्य स्वयंमा संयोगभन्दा बढी योजनाबद्धताको संकेत दिन्छ।
अर्को रोचक पक्ष—यो तस्वीरलाई बामपन्थी विचारक र राजनीतिक नेतृत्व र कार्यकर्ताहरूले ‘अतिसहिष्णुता’ प्रचार गर्ने वृत्तमा “धार्मिक सद्भावको अद्भुत उदाहरण” भन्दै व्यापक रूपमा सेयर गरिरहेका छन् । तर यही याेजनाबद्व प्रसारले “दालमा केही कालो छ” भन्ने शंका थप बलियो बनाएको छ ।
‘सहिष्णुता’को दुईजिब्रो प्रवृत्ति
यदि कसैले जमलकको जामे मस्जिदभित्र भागवत गीता वा हनुमान चालिसा वाचन गर्न थाले भने, के त्यसलाई पनि धार्मिक ‘सहिष्णुता’को उत्कृष्ट उदाहरण भनेर स्वागत गरिन्छ ? वा तुरुन्तै ‘धार्मिक अतिक्रमण’ भन्दै आपत्ति गरिन्छ ? सम्भवतः दोस्रो प्रतिक्रिया आउँछ, र आपत्ति जनाउनेलाई ‘हिन्दू अतिवादी’ भन्ने लेबल पनि लगाइन्छ।
इस्लामी दृष्टिकोणबाट पनि अस्वीकार्य
यो घटना केवल हिन्दू भावनामा मात्र संवेदनशील होइन, इस्लामका मूल शिक्षासँग पनि विपरीत छ। सहीह बुखारी (किताब अल-सलाह, हदीस नं. ३६७) मा स्पष्ट आदेश छ—
> لَا تُصَلُّوا إِلَى التَّمَاثِيلِ وَلَا إِلَى القُبُورِ
“मूर्तिहरू वा कब्रहरूतर्फ मुख फर्काएर नमाज नगर्नुहोस्।”
पशुपतिनाथ मन्दिर परिसरको वातावरण—अगाडि श्मशान घाट र चारैतिर मूर्तिहरू छन्, यस्तो ठाउँमा नमाज पढनु इस्लाममा हराम मानिन्छ। कुनै पनि धार्मिक प्रतिबद्ध मुस्लिम यो र यस्तो कार्यलाई स्वीकार गर्दैन।
सम्भावित उद्देश्य रणनीति याेजना
जब यस्तो कार्य दुबै पक्षका धार्मिक मान्यता विपरीत हुन्छ, तब यसको उद्देश्यबारे प्रश्न स्वाभाविक छ—के यो अनावश्यक धार्मिक विवाद भड्काउने, विभाजनको राजनीति गर्ने, नेपाललाई धर्मान्तरणकाे भुमरीमा फसाउने र धर्मान्तरण गराउने ! र सामाजिक अस्थिरता निम्त्याउने ‘प्रोजेक्ट’ हो?
यसलाई ‘धार्मिक सद्भाव’को आवरणमा योजनाबद्ध उक्साहटको रूपमा पनि हेर्न सकिन्छ। त्यसैले भावनामा बग्नु अघि, यस्ता गतिविधिमा संलग्न पात्र र तिनको पृष्ठभूमि पहिचान गर्नु आवश्यक छ।
आज करोडौं हिन्दूहरूकाे पवित्रा तिर्थस्थलमा यसरी गैर हिन्दूहरू आएर आफ्नो धार्मिक त्रियाकलाप गर्दा यसकाे जिम्मेवारी लिएकाे पशुपति क्षेत्र विकास काेष मुक दर्शक छ । सुरक्षा निकाय मुक दर्शक छन् । उल्टै धार्मिक सहिष्णुता हाे भनेर वा वा गरिरहेकाे अवस्था छ । राज्यकाे कुनै पनि निकायलाई चासाे छैन् । के भाेली यसैगरी एक पछि दुई चार र आठ हुँदैन हजारौं आएर पशुपति क्षेत्रलाई कब्जा गरे भने पनि यस्तै गरि धार्मिक सहिष्णुता हाे भनेर बस्ला कि पशुपति क्षेत्र विकास काेष उचित कार्वाही र यस्ता गतिविधि राेक्ला ?
निष्कर्ष:
समस्या केवल ‘बुढी मरी’मा होइन, ‘काल पल्किन सक्छ’ भन्ने चेतावनीमा छ। सजग रहनु, तर्कसहित प्रश्न गर्नु, र हरेक धार्मिक स्थलको पवित्रता सम्मान गर्नु आजको आवश्यकता हो । न कि क्यामेरा म्यान ल्याएर, मिडिया बाेलाएर अर्काे धर्मकाे परिसरमा नमाज पढने र भिडियो बनाएर सामाजिक सञ्जालमा हाल्ने अनि धार्मिक सहिष्णुताकाे नमुना भन्दै मिडिया बाजि गर्ने ! याे सबै गतिविधिमा पशुपति क्षेत्रकाे सुरक्षाकाे जिम्मेवारी लिएको सशस्त्र प्रहरी र विकास काेष यस विषयमा जिम्मेवार हुनु पर्छ र पशुपति परिसरमा गैरहिन्दु वा सनातन धर्मावलम्बीहरू बाहेक अरू कसैकाे पनि शंकास्पद धार्मिक गतिविधिलाई राेक लगाउनु आवश्यक छ ।










प्रतिकृया दिनुहोस्