- १६ श्रावण २०८२, बिहीबार ०७:१८
काठमाडौं । काठमाडौं-चाबहिलस्थित मनास्लु वर्ल्ड कलेजले कक्षा ११ मा भर्ना भएका नव आगन्तुक विद्यार्थीहरूको लागि भव्य अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रम बुधबार भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लबको सभाहलमा आयोजना गरिएको हो।
अध्यक्ष गेन्द्र लामाको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा नेकपा एमालेका प्रमुख सचेतक महेश कुमार बर्तौला प्रमुख अतिथिका रूपमा उपस्थित थिए। कार्यक्रममा चर्चित सञ्चारकर्मी ऋषि धमला, उत्प्रेरक वक्ता विकास देव योञ्जन, गायिका रचना दाहाल र उनको ब्यान्ड विशेष अतिथिका रूपमा सहभागी भएका थिए।
कलेज र विद्यार्थीबीच आपसी परिचय र संवाद स्थापित गर्ने उद्देश्यले गरिएको अभिमुखीकरण कार्यक्रममा स्तरीय प्रस्तुतिहरू र विविध गतिविधिहरू प्रस्तुत गरिएको थियो, जसले कार्यक्रममा उत्साह थपेको कलेजले जनाएको छ।
कार्यक्रममा मनास्लु वर्ल्ड कलेजका क्याम्पस प्रमुख राजन श्रेष्ठ, वित्त प्रमुख कुमार मोक्तान, सञ्चालक समिति सदस्यहरू, प्रशासक, शिक्षक, कर्मचारी, कक्षा १२ का विद्यार्थी तथा नव आगन्तुक विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कलेजले अभिमुखीकरण कार्यक्रममार्फत विद्यार्थीलाई शैक्षिक वातावरण, पाठ्यक्रम, सह-पाठ्यक्रम गतिविधि र कलेजका सुविधाबारे विस्तृत जानकारी गराएको जनाएको छ।










प्रतिकृया दिनुहोस्