- २७ माघ २०७८, बिहीबार २१:१०
माघ २४, काठमाडौं । देव हस्पिटल प्रा.लिले किर्ते पि.सि.आर गरेकाे भन्दै हस्पिटलकाे बदनाम गरेकाे विषयलाई खण्डन गरेकाे छ ।
२७ गते देव हस्पिटल प्रा.लिले किर्ते गरेर फेक पि.सि.आर रिपोर्ट बनाएकाे भन्दै चितवनकाे मिडियाहरूमा समाचार छापिएकाे विषय प्रती देव हस्पिटलकाे ध्यानाकर्षण भएको भन्दै आज एउटा प्रेस विज्ञप्ति जारि गरेर त्यस्तो किर्ते कार्यमा हस्पिटल
काे हुने पनि संलग्न नभएको जानकारी गराएकाे छ ।
हस्पिटलले यदि त्यस्तो कार्य हस्पिटलमा काम गर्ने कुनै पनि व्यत्तिले गरेकाे खण्डमा र प्रमाणित भएमा हस्पिटलले छानवीन गरेर त्यस्तो व्यत्तीलाई कडा भन्दा कडा कारबाही पनि गर्ने जनाएको छ ।
साथै हस्पिटलले स्वास्थ्य जस्तो संवेदनशिल क्षेत्र र कोरोना माहामारीको समयमा कृर्ते पि.सि. आर. बनाई मानवीय स्वास्थ्यमा खेलवाड गर्ने गरि आफ्नो प्राविधिक क्षमतालाई दुरुपयोग गर्नु अत्यन्त दुःखत र निन्दनीय घटना भएको र
उक्त कृर्ते पि.सि.आर. रिपोर्ट बनाएको भन्ने समाचार बारे देव हस्पीटल प्रा.लि. मा पि.सि. आर. टेस्ट गर्ने ल्यावनै नभएको जानकारी गराउँदै यो घटनामा देव हस्पीटल प्रा.लि. को कुनै पनि संग्लग्नता नरहेको कुरा स्वास्थ्य सम्बन्धी निकायहरुलाई जानकारी दिएको छ ।
साथै उक्त घटनाको छानविन गरी सत्य तत्थ रिपोर्ट वाहिर ल्याई दोषी उपर कारवाही गर्न देव हस्पीटल प्रा.लिले माग समेत गरेकाे छ ।










प्रतिकृया दिनुहोस्