- २३ असार २०८२, सोमबार ०६:२५
गुल्मी – सनातन संस्कृतिको संरक्षण र प्रवर्द्धनमा विगत २१ वर्षदेखि सक्रिय आपचौर भजन समूहलाई हरीस्यनी एकादशीको विशेष अवसर पारेर सम्मान तथा पोशाक वितरण गरिएको छ।
कार्यक्रममा समूहका सबै सदस्यहरूलाई आवश्यक केही थान पोशाक वितरण गरिनुको साथै, उनीहरूलाई औपचारिक सम्मानसमेत प्रदान गरिएको हो।

सेवा र विकासका लागि युवाको समन्वयमा आयोजित कार्यक्रममा समूहका अध्यक्ष पारस खरेलको अध्यक्षतामा सम्पन्न समारोहमा, संरक्षक नारायणप्रसाद ढकालले समूहका सबै सदस्यहरूलाई सामग्री हस्तान्तरण गरेका थिए।
कार्यक्रममा समाजसेवी भागीरथ खरेल, राजन खरेल, ऋषि अर्याल, विष्णु भट्टराई लगायत समाजिक, शैक्षिक क्षेत्रका व्यक्तित्वहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

कार्यक्रमको विशेष आकर्षणस्वरूप समूहले धार्मिक भजन प्रस्तुत गरी उपस्थित समुदायलाई भक्तिभावमा भावविभोर बनाएका थिए ।
आपचौर भजन समूहले निरन्तर रूपमा धार्मिक, सांस्कृतिक जागरणको सन्देश फैलाउँदै आइरहेको छ। यस्तो कार्यले गाउँघरमा धार्मिक चेतना अभिवृद्धि गर्नुका साथै सामाजिक एकता र संस्कृतिको जगेर्नामा समेत महत्त्वपूर्ण योगदान पुर्याएको स्थानीयवासीहरूको भनाइ छ।










प्रतिकृया दिनुहोस्