- २४ बैशाख २०८२, बुधबार १९:५४
काठमाडौं । दुई साताअघि पहलगाममा भएको आतंकवादी हमलाको ‘जवाफी कारबाही’ भन्दै भारतले गएराति पाकिस्तानमा हवाई आक्रमण गरेको छ । यश घटनालाई भारत सरकारले अपरेसन ” सिन्दुर ” नाम दिएको छ । गएराति साढे १ बजेतिर पाकिस्तानकाे अगल अलग ९ वटा आतंकवादी समुहहरू लुकेर बसेकाे ठाउँलाई टारगेट गरि उक्त हमला गरेको हाे । यस हमलामा भारतले ३० जना भन्दाबढी आतंककारीलाई मारेको भारतीय सञ्चार माध्यमहरूले बताएका छन् ।
१ नेपाली सहित २६ भारतीय नागरिककाे हत्या गरिएको र उनीहरूकाे श्रीमतिकाे सिउँधाे पुछिएकाेले यस आक्रमणलाई भारतले अपरेशन सिन्दुर नाम दिएको भारतीय सञ्चार माध्यमले भनेकाे छ ।
यति याे हमलाले विश्वलाई ध्यानाकर्षण गराएको छ । र भारतले भनेकाे कि याे पहलगाम आतंकवादि हमला विरूद्दकाे जवाफी कार्वाही हाे ।
यश घटनालाई लिएर विश्व दुई भागमा बाँडिएको छ । अमेरिकाले घटनालाई नजिकबाट हेरेकाे र संयम हरन भनेकाे छ, भने चाइनाले लुखद भन्दै पाकिस्तानलाई समर्थन गरेको छ । त्यसैगरी रूसले, इजरायलले भारतलाई साथ दिदै भनेकाे छ कि याे भारतकाे आतंकवाद विरूद्दकाे जवाफी कार्वाही हाे भनेकाे छ । कयौं देशले भारतलाई नै समर्थन गरिरहेकाे अवस्था छ ।
यस घटनामा भने नेपाली माैन बसि रहेको अवस्था छ । सबै भन्दा नजिककाे देश, राेटि बेटि, सामाजिक, आर्थिक र सांस्कृतिक रूपमा अत्यन्तै नजिक रहेकाे देश नेपाल जसकाे एक नागरिक पहलगाम हमलामा मारिए उसले भारतले दिएको जवाफी कार्वाहीमा माैन रहनुलाई जानकार र विज्ञहरूले विभिन्न काेणबाट हेरिरहेकाे छ ।
तर नेपालले आफू सार्क राष्ट्र भएको नातले पनि आफ्नो धारण स्पष्ट पार्नु आवश्यक छ । नेपालले कसैकाे बहकाव , उक्साहवट, दबाब र प्रभावमा आएर भारतले चालेकाे आतंकवाद विरूद्दकाे गतिविधिलाई नजर अन्दाज गर्याैर र आतंकवादलाई प्रसय कार्य गर्याै भने नेपाल र नेपालीहरूका लागि ठूलो दुर्भाग्य हुने छ । किन भने हरेक किसिमकाे आतवादकी हमलामा नेपाली मारिएका छन् । चाहे इराक हाेस चाहे, हमासमा भएको आतंकवादी आक्रमण हाेस चाहे पहलगाम आतंकवादी आक्रमण हाेस हरेक आक्रमणमा नेपाली मारिएका छन् । यस्तो अवस्थामा नेपाल सधैंव आतंकवाद विरूद्द खराे उत्रिनु पर्छ ।
नेपालमा पाकिस्तानी मर्थित नागरिक समुह, पत्रकार, लेखक, अभियन्ताहरू हाेलान, उनीहरूका लगानी हाेला, उनीहरूले विभिन्न लेख, रचना र समाचारबाट पाकिस्तानलाई अप्रत्यक्ष रूपमा सहयोग गर्नु पर्छ भनेर भनी रहेका हाेलन तर त्यसैकाे आधारमा सरकारले विश्वकाे आतंकवादि संगठनहरूलाई संरक्षण दिने र त्यहीँबाट आतंकवादी हमला गर्नेलाई प्रसय दिने पाकिस्तानले याे पाठ सिक्नु पर्छ कि हिंसा र हत्याले मार्गबाट शक्तिशाली र ठुलो हुन सकिँदैन, ठूलो हुनका लागि र शक्तिशाली हुनका लागि विकास र समृद्धि हासिल गर्नु पर्छ ।
आज अर्थतन्त्रकाे हिसाबले, सांस्कृतिक हिसाबले, जनजिविकाकाे हिसाबले, पारिवारिक हिसाबले विकासमा साथ सहयोग र साझेदारीकाे हिसाबले नेपाल पाकिस्तान भन्दा भारतसँग हजारौं गुणाले नजिक छ । यस्तो परिस्थितिमा नेपालका केही परिचालित, मिडिया, लेखकहरू अभियन्ता र नेताहरूकाे लहै लहैमा लागेर केही व्यक्तिगत र राजनीतिक फाइदाका लागि देशलाई दाउमा राखेर राष्ट्रलाई दीर्घकालीन असर पुग्ने कदम चालियाे भने नेपलले दीर्घकालसम्म ठूलो मूल्य चुकाउनु पर्ने छ ।
तसर्थ नेपाल र नेपाली जनताको हितका लागि र असल छिमेकी राष्ट्रकाे हितका लागि देशकाे वर्तमान सम्बन्धकाे परिस्थिति अनुसार राष्ट्र सधैंव अग्रसर भइ उचित र न्यायपूर्ण निर्णय लिनु नै हितकर हुने छ ।










प्रतिकृया दिनुहोस्