Tag: भारत पाकिस्तान युद्ध

पाकिस्तानले युद्धविरामको सहमति उलङ्घन गरेको भारतको आरोप

 नयाँ दिल्ली । भारतले दुई देशबीच भएको युद्धविरामको सहमति पाकिस्तानले राति उलङ्घन गरेको आरोप लगाएको छ । भारतका विदेश सचिव विक्रम मिश्रीले गएराति विशेष प्रेस ब्रिफिङ गरी हिजो अपराह्न दुई देशबीच भएको सहमतिलाई पाकिस्तानले उलङ्घन गरेको प्रतिक्रिया दिनुभएको छ । पाकिस्तानको तर्फबाट सहमतिको उलङ्घन भएको र यो एकदमै निन्दनीय रहेको उहाँको भनाइ छ । विदेश […]

पूरा पढ्नुहोस्

युद्धविराम सम्झौता लगत्तै जम्मुमा ड्रोन आक्रमण

नयाँ दिल्ली । भारत–पाकिस्तानबीच युद्धविरामको सहमति भएसँगै जम्मु, श्रीनगर, राजस्थानलगायतका क्षेत्रमा ड्रोन आक्रमण, विस्फोट र हवाई आक्रमणको चेतावनी जारी भएको छ। पाकिस्तानले युद्धविराम उल्लंघन गरेपछि भारतीय सुरक्षा संयन्त्र उच्च सतर्कतामा छन्। शनिबार साँझ युद्धविरामको औपचारिक सहमति भएको केही घण्टामै भारतको जम्मुको उधमपुरमा ड्रोन आक्रमण भएको हो। त्यसपछि श्रीनगरमा विस्फोटका आवाज सुनिएपछि सायरन बजाइएको थियो र […]

पूरा पढ्नुहोस्

भारतको आक्रमणमा लश्कर र जैशका शीर्ष आतंककारी मारिए

काठमाडौं : पहलगाम आक्रमणपछि बुधबार भारतले सुरु गरेको ‘अपरेशन सिन्दूर’को क्रममा पाकिस्तान र पाकिस्तान अधिनस्थ कश्मीर (पीओके)मा लक्षित सैन्य कारबाहीमा धेरै प्रमुख आतंककारी मारिएका छन्। यी आतंककारीहरू प्रतिबन्धित आतंकवादी संगठन लश्कर–ए–तैयबा (एलईटी) र जैश–ए–मोहम्मद (जेईएम)सँग सम्बन्धित रहेका छन्। भारतीय रक्षा मन्त्रालयका अनुसार पाँच जना ठूला आतंककारीको पहिचान भइसकेको छ। रक्षा मन्त्रालयले यसको सूची पनि जारी गरेको […]

पूरा पढ्नुहोस्

अमेरिकाको मध्यस्थतामा भारत र पाकिस्तान युद्धविराम गर्न सहमत

काठमाडौं : संयुक्त राज्य अमेरिकाको मध्यस्थतामा भएको लामो वार्तापछि भारत र पाकिस्तान युद्धविराम गर्न सहमत भएका छन्।  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्वीट गर्दै यसबारे जानकारी दिएका हुन्। भारत र पाकिस्तानबीचको सीमामा निरन्तर ड्रोन आक्रमण, गोलाबारी र तनावपूर्ण अवस्था सिर्जना भएको बेला यो कदम चालिएको भारतीय सञ्चार माध्यमले जनाएका छन्। जसले क्षेत्रीय र विश्वव्यापी स्तरमा चिन्ता बढाएको […]

पूरा पढ्नुहोस्

‘अपरेसन सिन्दूर’बारे भारतको बिफ्रिङ : पाकिस्तानबाट प्रहार गरिएका गोलाबारी स्कुले विद्यार्थीको घरमा लाग्यो

गत बिहीबार राति पाकिस्तानमाथि भारतले गरेको ‘अपरेसन सिन्दूर’बारे नयाँ नयाँ बिफ्रिङ आइरहेको छ। भारतले रातको समयमा गरेको जबाफी आक्रामणमा पाकिस्तानले ४ सय ड्रोन आक्रमण गरेको जनाएको छ। भारतीय विदेश मन्त्रालयकी कर्नल सोफिया कुरैशीले लेहदेखि सरक्रिकसम्म ३६ स्थानमा तीन सयदेखि चार सय ड्रोनमार्फत घुसपैठको प्रयास भएको बताइन्। भारतले पाकिस्तानबाट प्रहार गरिएका गोलाबारी स्कुले विद्यार्थीको घरमा लागेको […]

पूरा पढ्नुहोस्

भारतले मे १५ सम्मका लागि बन्द गर्‍यो यी ३२ विमानस्थल (सूची)

पाकिस्तानसँगको तनाव उत्कर्षमा पुगेपछि भारतले ३२ वटा विमानस्थल बन्द गरेको छ। भारतीय अखबार द हिन्दुस्तान टाइम्सका अनुसार सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै शनिबारदेखि पाँच दिनसम्मका लागि ३२ वटा विमानस्थल बन्द गरेको हो। शनिबार बिहानै श्रीनगर विमानस्थलमा पाकिस्तानले ड्रोन हमला गरेको थियो। यसअघि २४ वटा विमानस्थल शनिबारसम्मका लागि बन्द गरिएको थियो। भारतीय नागरिक उड्डयन प्राधिकरणले सूचना जारी […]

पूरा पढ्नुहोस्

भारतको दाबी : पाकिस्तानले ३-४ सय ड्रोनमार्फत सैन्य पूर्वाधारलाई निशाना बनायो

नयाँ दिल्ली ।  पाकिस्तानी सेनाले ३-४ सय ड्रोनमार्फत भारतको सैन्य पूर्वाधारलाई लक्षित गरी हमला गरेको भारतले दाबी गरेको छ । भारतीय विदेश मन्त्रालयले शुक्रबार अपरान्ह प्रेस ब्रिफिङ गर्दै यस्तो जानकारी दिएको हो । पाकिस्तानी सेनाले बिहीबार राति सैन्य पूर्वाधारहरूलाई निशासना गरी ड्रोन हमला गरेको भारतीय सेनाकी कर्णेल सोफिया कुरैशीलाई उदृत गर्दै भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् […]

पूरा पढ्नुहोस्

भारतीय रक्षा मन्त्रालयले भन्योः अनुमति बिना सुरक्षा गतिविधिको लाइभ रिपोर्टिङ नगर

काठमाडौं । भारतको रक्षा मन्त्रालयले सबै सञ्चार माध्यम, डिजिटल प्लेटफर्म र व्यक्तिहरूलाई सुरक्षा गतिविधिको लाइभ कभरेज नगर्न निर्देशन दिएको छ । भारत-पाकिस्तानबीच तनाव बढिरहेको बेला कुनै पनि संवदेनशील वा स्रोतमा आधारित जानकारी खुलासा हुँदा सैन्य अभियान प्रभावित हुने र नागरिकको ज्यान पनि खतरामा पर्ने मन्त्रालयले चेतावनी दिएको हो । मन्त्रालयले कारगिल युद्ध, सेप्टेम्बर २६ को […]

पूरा पढ्नुहोस्

भारत-पाकिस्तानबीच मिसाइल हानाहान, सीमा क्षेत्रमा आतंक, बत्ती निभाएर बस्न आह्वान

काठमाडौं  । पाकिस्तान र भारतबीच लडाइँ तीव्र बनेको छ । विहीबार बेलुकीदेखि दुवै देशका सेनाले एकअर्काको भूमिमा मिसाइल प्रहार गरेका छन् । आक्रमण तीव्र भएपछि आईपीएलको खेल समेत स्थगित गरिएको छ । पञ्जाब किङ्गस् र दिल्ली क्यापिटलबीच हिमाचल प्रदेशको धर्मशालामा खेल भइरहेको थियो । पाकिस्तानले लगातार दोस्रो दिन ड्रोन र मिसाइल हमला गरिरहेको भारतीय सञ्चार माध्यमहरुले जनाएका […]

पूरा पढ्नुहोस्

भारत-पाक तनावबारे बोल्यो नेपाल ( यस्तो छ नेपालकाे विज्ञप्ति )

काठमाडौं : भारत-पाक तनावबारे नेपालले आधिकारिक धारणा सार्वजनिक गरेको छ। परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गरेर आफ्नो धारणँ सार्वजनिक गरेको हो।

पूरा पढ्नुहोस्