- २४ आश्विन २०८१, बिहीबार १९:१४
भारत । भारतीय विश्व प्रसिद्ध व्यापारी रतन टाटाकाे आज ८६ वर्षकाे उमेरमा देहावसान भएको छ । विश्वका सयौं देशमा आफ्नो व्यापार फैलाउन सफल विश्व प्रसिद्ध व्यापारीकाे आज विहान निधन भएको भारतीय सञ्चार माध्यमहरूले बताएका छन् ।
रतन टाटाकाे व्यापारी ऐतिहास र व्यवस्थापकीय पाटाेलाई हेर्दा
टाटा समूहका सबै कम्पनीको मालिक टाटा सन्स हो। तर टाटा सन्सले पनि कम्पनीहरूको कामलाई मात्र हेर्छ। टाटा सन्समा करिब ६६ प्रतिशत शेयर विभिन्न टाटा ट्रस्टको रहेको छ।
यी ट्रस्टहरू टाटा ग्रुपको वास्तविक मालिक हुन्। टाटा समूहले कमाएको नाफाको दुई तिहाइ अन्ततः यी ट्रस्टहरूमा जान्छ र ट्रस्टले त्यो पैसा स्वास्थ्य, शिक्षा, सरसफाई, विपद् राहत, खेलकुद, कला संस्कृति, सामाजिक सद्भाव, जीविकोपार्जन, सीप विकास, डिजिटल शिक्षा र समाज कल्याण संग सम्बन्धित संस्थामा खर्च हुन्छ ।
टाटा समूहको व्यापारलाई पूर्णरूपेण व्यावसायिक ढङ्गबाट सञ्चालित गरिन्छ तर त्यो व्यवसायबाट कमाएको नाफाको दुई तिहाइ समाजको सेवामा खर्च हुन्छ । बाँकी एक तिहाइ टाटा परिवारका सदस्यहरूलाई प्राप्त हुन्छ जसमा सबैभन्दा ठूलो सेयर शपूरजी पलोनजी एण्ड कम्पनीको छ । उक्त समूहबाट साइरस मिस्त्री केही समयका लागि टाटाको अध्यक्ष बनेका थिए।
साइरसका निर्णयहरू धेरै नाफामुखी थिए र उनले टाटा समूहलाई यसको मूल उद्देश्यबाट परिवर्तनतर्फ ल्याउन खोजिरहेका थिए । जसलाई रतन टाटाले मन पराएन र उनले टाटा समूहबाट साइरसलाई हटाउन व्यक्तिगत रूपमा पहल गरेर आफै टाटा सन्सको अध्यक्ष बने ।
रतन टाटाको आफ्नो सेयर कति थियो ? जम्मा ०.८ प्रतिशत । अब त्यो शेयर पनि टाटा ट्रस्टमा जानेछ किनभने रतन टाटा अविवाहित थिए ।
व्यवसायका यस्ता उच्च आदर्श टाटा समूहमा मात्रै देखिन्छन् जसको व्यवसायमा जनताको चासो छ । चाहे त्यो कम्पनीका कर्मचारी होस् वा समाजका सर्वसाधारण । टाटा समूहका अध्यक्ष कहिल्यै अर्बपति वा खर्बपतिको दौडमा सामेल भएन । त्यहाँबाट नाफा कसैको निजी खातामा जानुको सट्टा समाजमा फिर्ता भइरहेको हुन्छ ।
सर जमशेदजी टाटा जस्ता उच्च विचारधाराका व्यापारीहरूले स्थापित गरेका टाटा समूहका मूल्य मान्यतालाई रतन टाटाले पूर्ण रूपमा मूर्त रूप दिए । रतन टाटाले अर्को साहसी निर्णय लिँदै पहिलो पटक टाटा सन्सको अध्यक्ष पदका लागि गैर-पारसीलाई चयन गरे । एन चन्द्रशेखरनलाई अध्यक्ष बनाएर उनले टाटा समूहसँग सम्बन्धित एउटा ठूलो मिथक पनि तोडेका थिए ।
पक्कै पनि, रतन टाटा जस्ता व्यवसायी र टाटा समूह जस्ता व्यापारिक घराना सार्वजनिक समाजमा उच्च सम्मानको हकदार छन्। श्रद्धेय रतन टाटालाई भावपूर्ण श्रद्धाञ्जली ( साभार हिन्दू राष्ट्र स्वभिमान जागरण नेपाल )










प्रतिकृया दिनुहोस्