- १४ भाद्र २०८१, शुक्रबार १७:११
रामेछाप १४ भदौ । प्राज्ञिक विद्यार्थी परिषद् काठमाडौँले मन्थली नगरपालिका भित्र रहेका ३ विद्यालय मावि तहमा अध्ययनरत एक सय २५ जना छात्र छात्रालाई शैक्षिक सामाग्री प्रदान गरेको छ ।
शुक्रबार मन्थली माविको सभा हलमा मन्थली नगर उप प्रमुख ईश्वरी बस्नेतकाे प्रमुख अतिथि आतिथ्यमा सहभागी विद्यार्थिहरुलाई झोला,कपी कलम र ज्यामिति बक्स प्रदान गरेको हो ।
त्यसैगरी परिषद्ले तीन विद्यालयको पुस्तकालयका लागि केही थान पुस्तक र वृहत् नेपाली शब्दकोशको पुस्तक पनि मन्थली माविलाई हस्तान्तरण गरेको थियो । विद्यालयहरूले छनौट गरी पठाएका छात्र छात्राहरूलाई मन्थली नगरकी उप प्रमुख ईश्वरी बस्नेतले परिषद्ले गरेको सहयोगले विद्यार्थीलाई हौसला पुग्नुका साथै नगरको शैक्षिक गुणस्तरमा पनि सकारात्मक परिवर्तन आउने विश्वास गर्नु भयो ।
मन्थली मा .वि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तेज प्रसाद सुवेदीको अध्यक्षतामा भएको उक्त शैक्षिक सामाग्री वितरण कार्यक्रममा परिषद्का महासचिव विष्णु पंगेनीले कार्यक्रमको उद्देश्य बारेमा जानकारी गराउनु भएको थियो । सो अवसरमा उहाँले वर्तमान शिक्षा प्रणाली र सामाजिक संजालका कारण बाल वालिकामा परेको नकारात्मक पक्षलाई चिर्नु पर्ने आजको आवश्यकता रहेकोले सकारात्मक परिवर्तनका लागि प्राज्ञिक विद्यार्थी परिषद्ले देश भर अभियान चलाएको भन्दै सोही अभियान अन्तर्गत आफूहरू मन्थली आइपुगेको धारण राख्नु भएको थियो ।
कार्यक्रममामा …










प्रतिकृया दिनुहोस्