- १४ भाद्र २०८१, शुक्रबार १६:१५
काठमाडाैँ- प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सीटीईभीटी)ले तोकिएकोभन्दा बढी शुल्क लिने प्राविधिक शिक्षालयलाई कारबाहीको चेतावनी दिएको छ। प्रमाणपत्र, डिप्लोमा तथा प्रि-डिप्लोमा तहका कार्यक्रमहरूका सन्दर्भमा यस्तो चेतावनी दिइएको हो।
परिषद् अन्तर्गत गैरनाफामूलक प्रतिष्ठानहरूलाई परिषद् कार्यालयसँग भएको सम्झौताअनुसार शुल्क लिन सीटीईभीटीले भनेको छ। उक्त सम्झौतामा संस्थागत शिक्षालयहरूले तोकिएको शुल्कको ७० प्रतिशतमा ननाघ्नेगरी कायम गर्नुपर्ने उल्लेख छ। तोकिएकोभन्दा बढी शुल्क लिएको प्रमाणित भए परिषद् ऐन, नियमअनुसार कारबाही गरिने सीटीईभीटीले चेतावनी दिएको छ।

सम्वन्धित समाचारहरु
ताजा समाचार
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement










प्रतिकृया दिनुहोस्