- ३२ जेष्ठ २०८१, शुक्रबार २१:०२
गोली प्रहार गरिएका बाराको कलैयास्थित रामराजा बहुमुखी क्याम्पसका प्रमुख हरिभुषण कुशवाहाको निधन भएको छ।
क्याम्पसमाबाट घरतर्फ जाँदै गरेका उनलाई शुक्रबार दिउँसो अज्ञात व्यक्तिले आदर्शकोतवाल गाउँपालिका–३ बतरा भन्ने स्थानमा गोली प्रहार गरेका थिए। गम्भीर घाइते उनलाई उपचारका लागि वीरगञ्जस्थित बयोधा अस्पतालमा लगिएको थियो।
उपचाररत कुशवाहालाई चिकित्सकहरुले भर्खरै मृतक घोषणा गरेको बाराका सहायक प्रमुख जिल्ला अधिकारी छविरमण भट्टराईले जानकारी दिए।
यसैबीच आक्रमणमा संलग्न भएको आशंकामा प्रहरीले २ जनालाई पक्राउ समेत गरेको उनले बताए। परीक्षामा चिट चोर्न नदिएको बाहानामा क्याम्पस प्रमुखमाथि आक्रमण गरेको हुनसक्ने प्रहरीको प्रारम्भिक आशंका छ।
प्रहरीले एसपीको नेतृत्वमा घटनाको अनुसन्धान थालिसकेको छ।
सम्वन्धित समाचारहरु
ताजा समाचार
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement










प्रतिकृया दिनुहोस्