Tag: क्याम्पस प्रमुख

शंकरदेव क्याम्पस प्रमुखका लागि आवेदन खुला

त्रिभुवन विश्वविद्यालय अन्तर्गतको शंकरदेव क्याम्पसमा रिक्त क्याम्पस प्रमुख पदका लागि आवेदन खुला गरिएको छ । क्याम्पस प्रमुख छनौट समितिले आज एक सूचना जारी गर्दै  त्रिभुवन विश्वविद्यालय सावधिक पदमा नियुक्तिका आधार र मापदण्ड सम्बन्धी विनियम २०८१ को परिच्छेद १९ बमोजिम शंकरदेव क्याम्पसमा रिक्त क्याम्पस प्रमुख पदमा आवेदन खुला गरिएको हो । आवश्यक कागजातहरू र आशयपत्र सक्कलप्रति […]

पूरा पढ्नुहोस्

गोली प्रहारबाट घाइते बाराका क्याम्पस प्रमुखको निधन, २ जना पक्राउ

गोली प्रहार गरिएका बाराको कलैयास्थित रामराजा बहुमुखी क्याम्पसका प्रमुख हरिभुषण कुशवाहाको निधन भएको छ। क्याम्पसमाबाट घरतर्फ जाँदै गरेका उनलाई शुक्रबार दिउँसो अज्ञात व्यक्तिले आदर्शकोतवाल गाउँपालिका–३ बतरा भन्ने स्थानमा गोली प्रहार गरेका थिए। गम्भीर घाइते उनलाई उपचारका लागि वीरगञ्जस्थित बयोधा अस्पतालमा लगिएको थियो। उपचाररत कुशवाहालाई चिकित्सकहरुले भर्खरै मृतक घोषणा गरेको बाराका सहायक प्रमुख जिल्ला अधिकारी छविरमण […]

पूरा पढ्नुहोस्

सल्यानमा पहिलोपटक क्याम्पस प्रमुख महिला

जिल्लामै पहिलोपटक सल्यानको एक क्याम्पसले महिला प्रमुख पाएको छ। वनगाड कुपिण्डे नगरपालिका- ६ सुनौलीबजारमा रहेको वनगाड क्याम्पसमा पहिलोपटक देवकी मल्ल नियुक्त भएकी छिन्। २०६६ सालमा स्थापना भई २०६९ सालमा सम्बन्धन प्राप्त गरेको क्याम्पसले पहिलाेपटक महिलाकाे नेतृत्व पाएकाे हाे। सल्यानमा त्रिभुवन विश्वविद्यालयअन्तर्गतका सात क्याम्पस सञ्चालनमा छन्। सातमध्ये वनगाड क्याम्पसले पहिलोपटक महिलालाई प्रमुखको रूपमा जिम्मेवारी दिएको छ। क्याम्पसको […]

पूरा पढ्नुहोस्