- २ बैशाख २०८१, आईतवार ०७:४०
जनकपुर । भारतीय राजदूतावास, काठमाडौंस्थित स्वामी विवेकानन्द सांस्कृतिक केन्द्र, भारतको महावाणिज्य दूतावास,वीरगंज र बीपी कोइराला भारत–नेपाल फाउन्डेसनले नेपाली नयाँ वर्ष विक्रम सम्वत् २०८१ को अवसर पारेर मिति २०८१ वैशाख १ गते जनकपुरधाम सांस्कृतिक महोत्सवको दोस्रो संस्करणको आयोजना गरेको छ । जनकपुरधाम सांस्कृतिक महोत्सवको पहिलो संस्करण सन् २०२३ अप्रिलमा आयोजना गरिएको थियो ।

उक्त महोत्सव जनकपुरस्थित महेन्द्रनारायण निधि मिथिला सांस्कृतिक केन्द्रमा दुई अलग अलग सत्रमा विभाजन गरेर आयोजना गरिएको थियो । कार्यक्रमको पहिलो सत्रमा हरिवंश झाले ‘जानकी लीला’ मा महत्वपूर्ण व्याख्यान प्रस्तुत गरेका थिए । कार्यक्रममा सारीका साथै भारत र नेपालका किल्लाहरुको प्रदर्शनी र चर्चित सेफ सन्तोष साहद्वारा प्रस्तुत मैथिली फुड फेस्टिवल पनि समावेश गरिएको आयाेजकले जनाएको छ ।

कार्यक्रमको दोस्रो सत्रमा स्वामी विवेकानन्द सांस्कृतिक केन्द्रका गुरु तथा कलाकारले भगवान राम र सीताको जीवनीमा आधारित भजनको सांगीतिक प्रस्तुति प्रस्तुत गरेकाे थियाे । दोस्रो सत्रको विशेष आकर्षण प्रसिद्घ नेपाली गायिका मेनुका पौडेलको प्रस्तुति रहेकी थिइन् ।

.मधेश प्रदेशका माननीय मुख्यमन्त्री सरोज कुमार यादवले प्रमुख अतिथिको रुपमा महोत्सवको पहिलो सत्रको उद्घाटन गरिएकाे कार्यक्रममा जनकपुरधाम उपमहानगरपालिकाका माननीय मेयर मनोज कुमार साहले साँझको सांस्कृतिक कार्यक्रममा प्रमुख अतिथिको रुपमा उपस्थिति जनाउनु भएकाे थियोे ।

दुई देशका कला, संस्कृति तथा चाडपर्वको साझा परम्परामा झल्किने भारत र नेपालको साझा सांस्कृतिक सम्पदालाई जनकपुरधाम सांस्कृतिक महोत्सवको दोस्रो संस्करणकाे रूपमा मनाइएको कार्यक्रममा मधेश प्रदेशका प्रदेश सभा सदस्य, प्रतिष्ठित व्यक्तित्व र सञ्चारकर्मीहरुको सहभागीता रहेको थियो भने दर्शकहरुको पनि बाक्लो उपस्थिति रहेको थियो ।











प्रतिकृया दिनुहोस्