- २१ फाल्गुन २०८०, सोमबार १०:२६
फागुन २०, काठमाडौं । भारत नेपाल सांस्कृतिक सम्बन्ध गाेरखपुर घाेषणा पत्र २०२४ सार्वजनिक गर्दै नेपाल भारत सांस्कृतिक अन्तरसम्बन्ध विषयक त्रि दीवसीय अन्तर्राष्ट्रिय संगाेष्ठी सम्पन्न भएको छ ।
महायाेगी गाेरखनाथ विश्वविद्यालय गाेरखपुर र महाराणा प्रताव महाविद्यालयकाे आयोजनामा भएको “नेपाल भारतकाे सांस्कृतिक सम्बन्ध विगतदेखि वर्तमान” विषयक अन्तर्राष्ट्रिय संगाेष्ठि जंगल धुसड गाेरखपुरमा सम्पन्न भएको हाे ।

समापन सत्रमा नेपाल संस्कृत विश्वविद्यालय अनुसन्धान केन्द्रका डाइरेक्टर सुधन कुमार पाैडेलले सांस्कृतिक सम्बन्धकाे विविध आयममाथि पनि छलफल गर्दै सम्बन्धलाई अझैँ मजबुत बनाएर अगाडि बढनु पर्ने आवश्यकता रहेको बताउनु भयो । , जुन किसिमकाे विशेष सांस्कृतिक सम्बन्ध छ यसले त्यसलाई निरन्तर कायम गर्नु पर्छ । हाम्रो सम्बन्ध जीवन्त र शाश्वत छ ।
सुबाेध शुक्ला हाम्रो सम्बन्ध विगत, वर्तमान र भविष्य सम्म निरन्तर चल्ने छ ।

त्यसैगरि प्राज्ञिक विद्यार्थी परिषद्का राष्ट्रिय संगठन सचिव नारायण प्रसाद ढकालले ” भगवान रामदेखि लिएर गणतन्त्रात्मक देशसम्म हाम्राे सम्बन्ध गहिरो सांस्कृतिक सम्बन्धकाे रूपमा निरन्तर चलिरहेको छ ।
आज नेपाल र भारतकाे सम्बन्ध राम्रो नहाेस भन्ने केही तत्व नेपाल र भारतमा काम गरिरहेकाे छ । त्यसलाई ठिक गर्न आजकाे युवालाई सहीदिशामा अगाडि बढाउनु पर्छ । हिजो अनुकूल समयथियाे विगार्ने तत्वकाे लागि । आज त्याे कम हुँदै गइरहेको छ बताउनु भयो ।
उहाँले पारिवारिक सम्बन्ध जसरी निरन्तर भेटघाटबाट बलियो हुन्छ त्यसैलेगरि निरन्तर भेटघाट र आपसि संवादबाट हाम्रो सम्बन्ध पनि प्रगाड र समस्या पनि समाधान हुने कुरा उल्लेख गर्नु भयो ।
उहाँले नेपाललाई चिन्ता छ कि भारतले नेपाललाई कब्जा गर्छ भन्ने यसमा भारतले नेपाली जनतालाई विश्वास दिलाउनु सक्नु पर्छ कि त्यस्तो कार्य असम्भव हुन्छ भन्ने कुराे । भारतले नेपालकाे शिक्षाकाे विकास, कृषिकाे विकास , सांस्कृतिक विकासमा महत्त्वपूर्ण याेगदान गर्न सक्नु पर्छ । भन्ने विषय बताउनु भयो ।

त्यसैगरी इन्दिरा गान्धी राष्ट्रिय विश्वविद्यालयका कुलपति प्रकाशमणि त्रिपाठीले हाम्रो सम्बन्धमा निरन्तर विमर्श गरिरहनु पर्ने करा बतािनु भयो । नेपाल भारतकाे शिर भाग र रक्षा कवजकाे रूपमा रहेकाेले मित्रता, बन्धुता, पारिवारिक सम्बन्ध जुन छ त्यसलाई निरन्तर कायम राख्नु पर्ने र रहि रहने कुरा बताउनु भयो ।

उहाँले हाम्रो उत्सव, तिहार, चार्ड पर्व, संस्कार एक भएको ।
कला, गला र भला शालि ग्राम देखि रामसम्मकाे सम्बन्ध रहेको
पशुपतिनाथदेखि केदारनाथ, मनकामना मातकाे गुहेश्वरिमातासँगकाे सम्बन्ध गाेरखनाथ र नेपालबाट आउने खिचडीकाे सम्बन्ध साथै वाणिज्य विकासमा पनि निरन्तर साथ र सहयोग रहेकाे बताउनु भयो । हामी सन्धिगत सम्बन्ध हाेइन स्वभाव गतसम्बन्धमा विश्वास राख्ने र व्यावहारगत सम्बन्ध , बहुआयामिक सम्बन्ध कायम रहेको बताउनु भयो । हाम्रो सांस्कृतिक सदभावकाे कुरा गर्नेछौं काम गर्छौ । हाम्रो वैदिक संस्कृति नेपालबाट नै विकास गरेको छ । पञ्चाङ र ज्याेतिसकाे विकास नेपालबाट नै भएको प्रमाणित भएको बताउनु भयो ।

प्रा. पुनम टण्डनले विश्वविद्यालय सहकार्य गरेर अगाडि बढनु पर्ने नेपाली अन्तर्राष्ट्रिय छात्रवास गाेरखपुर, अनुसन्धान सहकार्य
हाम्रो नजिककाे देशसँग सहकार्य गर्ने याेजना रहेको बताउनु भयो ।
उक्त समापन सत्रमा गाखपुर विश्वविद्यालयमा उपकुलपति प्रा.पुनम टण्डन, इन्दिरा गान्धी राष्ट्रिय विश्वविद्यालय अमरकट कुलपति प्रा. प्रकाशमणि त्रिपाठी, प्राज्ञिक विद्यार्थी परिषद् नेपालका राष्ट्रिय संगठन सचिव नारायण प्रसाद ढकाल, नेपाल संस्कृत विश्वविद्यालय अनुसन्धान केन्द्रका निर्देशक प्रा.डा.सुधन पाैडेल, त्रिवि संस्कृत विभागका प्रा.डा.सुवाेध सुक्ला, प्रा.हर्षवर्धन सिंहा, अमित कुमार उपाध्याय लगाय नेपालबाट सहभागी विशिष्ट प्राज्ञिक वर्ग, शिक्षक, भारत गाेरखपुरकाे विभिन्न कलेज र महाविद्यालयका शिक्षा वर्ग र विद्यार्थीहरूकाे महत्त्वपूर्ण उपस्थिति रहेको थियोे ।










प्रतिकृया दिनुहोस्