- ३ फाल्गुन २०८०, बिहीबार १५:४९
फागुन ३, काठमाडौँ । शिक्षा तथा मानव स्रोत विकास केन्द्र, शिक्षक व्यवस्थापन समन्वय शाखाले शिक्षक सेवा आयोगबाट सिफारिस भई पदस्थापनका लागि जिल्ला पठाइएका उम्मेदवारहरूसँग रकम नलिन निर्देशन दिएको छ ।
केही जिल्लाका शिक्षा विकास तथा समन्वय इकाइले जिल्लामा नियुक्ति लिन र स्थानीय तह छनौट गर्न जाँदा विविध कारण देखाई जिल्ला शिक्षा समिति कोषमा रकम जम्मा गर्न लगाएको पाइएपछि सो निर्देशन दिएको हो ।
सबै शिक्षा विकास तथा समन्वय इकाइलाई परिपत्र जारी गर्दै शिक्षक सेवा आयोगबाट सिफारिस भै आएका व्यक्तिहरूको स्थान छनौट, नियुक्ति र पदस्थापनका कार्य गरे गराए वापत रकम जम्मा गर्न लगाउने जस्ता प्रकृतिका कार्य नगर्न नगराउन भनिएको छ ।
सम्वन्धित समाचारहरु
ताजा समाचार
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement










प्रतिकृया दिनुहोस्