- २९ माघ २०८०, सोमबार २१:२९
शिक्षा, विज्ञान तथा प्रविधि विकास समितिले त्रिभुवन विश्वविद्यालयको उपकुलपति (भीसी) छनोटको समस्याबारे प्रधानमन्त्री, शिक्षामन्त्री लगायतलाई समितिले तीन दिनभित्र बोलाउने निर्णय गरेको छ।
संसदीय समितिले शिक्षा विज्ञान तथा प्रविधिमन्त्री र सिफारिस समितिका अन्य सदस्यलाई पनि समितिमा बोलाएर छलफल गर्ने निर्णय गरेको हो।
त्यस्तै समितिले त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्तिको सर्ट लिस्टमा परेका विवादित व्यक्तिहरुबारे पुनर्विचार गर्न समेत भनेको छ।
सार्वजनिक भएको सर्टलिस्टमा रहेका तीर्थराज खनियाँ, केशरजंग बराल र शिवलाल भुसालमाथि प्रश्न उठेको हो।
सोमबार बसेको समितिको बैठकले सिफारिस समिति र मन्त्रालयलाई विवादास्पद देखिएका व्यक्तिबारे ध्यानाकर्षण गराउने निर्णय गरेको सभापति भानुभक्त जोशीले जानकारी दिए।
सम्वन्धित समाचारहरु
ताजा समाचार
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement










प्रतिकृया दिनुहोस्