Interview with the Dean of the Faculty of Humanities and Social Sciences Shiva Lal Bhusal. Photo: Naresh Shrestha
- २१ माघ २०८०, आईतवार १८:३९
काठमाडौं , माघ । त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा।डा।शिवलाल भुसालले केन्द्रीय विश्वविद्यालय र प्रादेशिक विश्वविद्यालयका विषयमा बृहत् छलफल गर्न आवश्यक रहेको बताएका छन् । उच्च शिक्षा विधेयकको मस्यौदाका बारेमा बोल्दै उक्त कुरा बताएका हुन् ।
केन्द्रीय विश्वविद्यालय र प्रादेशिक विश्वविद्यालयको अवधारणा उच्च शिक्षा विधेयकको मस्यौदामा आए पनि त्यसका मापदण्डहरू तयार गर्नुपर्ने उनको भनाई छ । उनले विश्वविद्यालयलाई केन्द्र र प्रदेशको भन्ने भन्दा पनि मापदण्ड निर्धारण गरेर ती मापदण्ड पुरा गर्ने विश्वविद्यालय केन्द्रीय हुन्छन अथवा अरू विश्वविद्यालयले पनि ती मापदण्ड पुरा गरे केन्द्रीय हुन सक्छन् भन्ने गरी मापदण्ड निर्धारण गरेर ऐनमा नै उल्लेख गर्नुपर्ने बताए ।
त्यसैगरी मस्यौदामा क्याम्पसहरूको वर्गीकरण हेर्दा पनि आंगिक, सामुदायिक र निजी गरी तीन किसिमका भनिएको तर मन्त्रालय मार्फत सञ्चालन भएका, प्रतिष्ठानहरू मार्फत अथवा सैनिक मार्फत सञ्चालन भएकाहरूलाई पनि कुनै एउटा क्यटगोरीमा राख्नु पर्ने बताए ।
साथै केन्द्रीय विश्वविद्यालयमा कुलपति प्रधानमन्त्री हुने प्रावधान बारे गहन छलफल हुन आवश्यक रहेको बताउँदै विश्वविद्यालयलाई ट्रष्टीमा लैजादा स्वायत्त हुन्छकी हुँदैन मूल कुरा रहेकोले त्यसतर्फ छलफल हुनुपर्ने धारणा राखे ।










प्रतिकृया दिनुहोस्