- १० माघ २०८०, बुधबार ०७:१९
राम मन्दिरको प्राण प्रतिष्ठानमा बलिउडदेखि साउथका नाम चलेका सुपरस्टारहरु पुगेका छन् । अधिकांश बलिउडदेखि साउथका सेलिब्रिटीहरुको जोडी अयोध्या पुगेका छन् ।
जहाँ, अमिताभ बच्चन, अभिषेक बच्चन, रणवीर कपुर आलिया भट्ट, माधुरी दीक्षित, डाक्टर श्रीराम नेने, कट्रिना कैफ, विक्की कौसल, रोहित शेट्टी, आयुष्मान खुराना पुगेका छन् । यस्तै, साउथका सुपरस्टारहरु चिरञ्जीवी, राम चरण पनि अयोध्या पुगेका छन् ।
यस्तै, नायिका कंगना रनावत पनि साडी लगाएर मन्दिर पुगेकी छिन् । केही साता अगाडि मात्र बैबाहिक जीवनमा बेधिएका नायक रणदिप हुड्डा पनि आफ्नी श्रीमतीको साथमा अयोध्या पुगेका छन् ।

अयोध्यामा पुगेका अधिकांश बलिउड कलाकारहरू धोती–कुर्ता र साडीमा देखिएका छन् । रनवीरले धोती र कुर्ता लगाएका छन् भने आलियाले नीलो रंगको साडी लगाएकी छिन् ।
विक्की र कट्रिना अघि अघि हिँड्दा रनवीर र आलिया पछि पछि एक अर्काको हात समात्दै मन्दिर प्रवेश गरेका थिए ।
श्रीरामको प्राण प्रतिष्ठानमा बलिउडका तीन खानहरुलाई भने निमन्त्रणा गरिएको छैन । प्राण प्रतिष्ठानमा बलिउड स्टारको साथमा भारतका चर्चित व्यवसायी, तपस्वीहरूलाई निमन्त्रणा गरिएको थियो ।
मन्दिरको निर्माणमा बलिउडका चर्चित सेलिब्रिटीहरुले समेत सहयोग गरेका छन् ।










प्रतिकृया दिनुहोस्