- २९ पुष २०८०, आईतवार १९:४८
भक्तपुर, २९ पुस । नेसनल प्याव्सन भक्तपुर प्यब्सनको आयोजनामा संसदमा पेस भएको शिक्षा विधेयक बारे छलफल भएको छ । आफ्नो २६ औँ स्थापना दिवसको अवसरमा शिक्षा विधेयक बारे छलफलको आयोजना गरिएको हो ।
भक्तपुर जिल्ला अध्यक्ष संजय खड्काले देशको शिक्षाको अवस्थालाई हेर्दा खुसी हुने अवस्था नरहेको बताए । उनले निजी लगानीका विद्यालयलाई गुठीमा लैजानु पर्ने व्यवस्था विधेयकमा उल्लेख भएको बताउँदै विद्यालय शिक्षामा केही सुधारोन्मुख भएको बेला निजी शिक्षालयहरूलाई ध्वस्त पार्ने खेलमा यस्तो व्यवस्था गर्न लागिएको आरोप लगाए ।
खड्काले भने ‘सरकारले सार्वजनिक विद्यालय सुधार गर्दै लानु पर्छ । विद्यालय शिक्षा निःशुल्क र अनिवार्य गराएर गुणस्तरमा वृद्धि गरे निजीको आवश्यकतामा स्वत कमि आउनेछ । त्यसकारण तत्काल निजी विद्यालयलाई आक्रमण गरी बन्द गराउने खालको शिक्षा नीति ल्याए कक्षा १२ सम्म आत्मनिर्भर भएको शिक्षामा पनि गुणस्तर शिक्षाको खोजीमा छिमेकी देशमा बालबालिका पढाउन पठाउने दिन आउन सक्छ । साथै कम्पनीमा चलेका निजी विद्यालय गुठीमा जान स्वेच्छिक गरिनु पर्छ ।’
नेसनल प्याव्सन भक्तपुरका सदस्य विद्यालयका संचालकहरूको उपस्थितिमा गरिएको सो कार्यक्रममा नेसनल प्याव्सन केन्द्रीय सदस्य एवं जिल्लाका सल्लाहकार जिबि खड्काले निजी विद्यालयलाई थप लगानी गरी सुधार्दै लैजानु पर्नेमा जोड् दिए । कार्यक्रममा केन्द्रीय सह कोषाध्यक्ष विक्रम ढुकुछु, जिल्ला वरिष्ठ उपाध्यक्ष शिव कृष्ण कवाँ, उपाध्यक्ष राम प्रसाद खाताखो, सचिव कुमार थापा मगर, कोषाध्यक्ष विक्रम थापा लगायत जिल्ला पदाधिकारी, पूर्व पदाधिकारी र सदस्यहरूले आफ्नो धारणा राखेका थिए ।
हालसम्म निजी स्कुलले गरेको योगदानलाई मूल्याकंन गरी आउने शिक्षा ऐनमा उपर्युक्त स्थान दिनु पर्नेमा सबैले जोड दिए । साथै रोजगार र सुनिश्चित भविष्यको खोजीमा उच्च शिक्षा पढ्ने बाहनामा हजारौँ युवाले देश छोडिरहेको अवस्थामा अबको शिक्षा ऐनले युवाहरू देशमा नै अवसर पाउने खालको निर्माण गर्नुपर्ने निजी विद्यालय संचालकहरूको भनाई थियो ।










प्रतिकृया दिनुहोस्