- २९ मंसिर २०८०, शुक्रबार १८:५२
काठमाडौं । बुटवलको कान्ति माध्यमिक विद्यालयले कक्षा ७ काे स्थानीय पाठ्यपुस्तककाे त्रैमासिक परिक्षामा अधिकांश रूपमा कुनै एक धर्मलाई लक्ष्यित गरेर त्यसकाे प्रचार गर्ने खालको प्रश्नपत्र सोधेको भन्दै प्राज्ञिक विद्यार्थी परिषद् नेपाल लुम्बिनी प्रदेश समितिले कान्ति मा.विका प्राचार्यलाई ध्यानाकर्षण गराएको छ ।
शुक्रबार लुम्बिनी प्रदेश समितिका सचिव आकृति कण्डेलकाे नेतृत्वमा गएको टिमिले प्रश्नपत्रमा कुनै एक धर्म विशेषलाई प्राथमिकता दिदै धर्मकाे प्रचार गर्ने किसिमकाे प्रश्नहरू साेधिएकाेमा आपत्ति जनाउदै कान्ति माविका प्राचाार्य गाेविन्द ज्ञावलीलाई विज्ञप्ति बुझाएको हाे ।
परिषद्ले हाम्रो बुटवल भन्ने पुस्तकमा नेपाली माैलिकता, कला संस्कृति, लुम्बिनी र गाैतम बुद्ध बारेमा जानकारी दिने किसिमकाे पाठ्यक्रम निर्माण गरेर प्रश्न पत्र तयार गर्नु पर्ने ठाउँमा एउटा आयातित इसाई धर्मकाे प्रचार गर्ने र साना बालबालिकाकाे मनमस्तिकमा अर्को छाप पर्ने नियत वस गरिएको यस्तो कार्य शैय नभएको बताएको छ ।

साथै बुटवलकाे कान्ति माविले आफुहरूले गरेको गल्ति प्रती गम्भीर ध्यानाकर्षण र त्रृटि भएको भन्दै ध्यानाकर्षण भएको पत्र सार्वजनिक गरेकाे छ । चाैतर्फि रूपमा विरोध, ध्यानाकर्षण र दबाब आएकाेले कक्षा ७ काे त्रैमासिक परिक्षामा हाम्रो बुटवल भन्ने पुस्तकबाट साेधिएकाे प्रश्नमा गल्ती भएको स्विकार गरेकाे छ ।
यश अघि बुटवल उप-महानगरपालिकाले विद्यालयसँग लिखित स्पष्टीकरण मागेको थियोे । विद्यालयले कक्षा ७ को दोस्रो त्रैमासिक परीक्षामा क्रिश्चियन धर्मको प्रचार गर्ने खालका प्रश्न सोधेको भन्दै बुटवल उपमहानगरपालिकाले विद्यालयसँग लिखित स्पष्टीकरण मागेको थियोे । साेही अनुरूप विद्यालयले एउटा पत्र पनि सार्वजनिक गरेकाे छ ।











प्रतिकृया दिनुहोस्