- १३ कार्तिक २०८०, सोमबार ०६:२३
कार्तिक १३, काठमाडौं । काठमाण्डौंको सुन्दर पर्या–पर्यटकीय स्थल सुन्दरीजल मुलखर्कमा १ लाख पुरस्कार राशीको दशैं–तिहार कप फुटबल प्रतियोगिता हुने भएको छ । गोकर्णेश्वर नगरपालिकाको आर्थिक सहयोग तथा गोकर्णेश्वर युवा तथा खेलकुद समितिको पहल र मूलखर्क युवा क्लबको आयोजनामा “दशैं तिहार कप –२०८० प्रतियोगिता” हुने भएको हो । प्रतियोगितामा प्रथम हुने टिमले नगद रु १ लाखसहित शिल्ड, मेडल र द्वितिय हुने टिमले नगद रु ५० हजारसहित, शिल्ड र मेडल प्राप्त गर्नेछन् । प्रतियोगिता कार्तिक १८ गतेबाट शुरु हुनेछ भनें गोकर्णेश्वर नगरपालिका वडा नं. १ स्थित मुलखर्क बाघमारा मैदानमा हुनेछ । नकआउट चरणमा खेलाईने खेलमा नगरपालिका भित्र र बाहिरका टिम सहभागी हुन सक्ने छन् । आयोजक मूलखर्क युवा क्लबका अनुसार प्रतियोगितामा भाग लिन ईच्छुक क्लब तथा फुटबल टिमले क्लबका अध्यक्ष तिर्थ बहादुर तामाङलाई 9823046789 नम्बरमा र सचिव शुरेश गुरुङलाई 9810078948 नम्बरमा सम्पर्क गर्न सक्नेछन् । शिवपुरी राष्ट्रिय निकुञ्जभित्र जंगलको विचमा खेल मैदान अत्यन्त सुन्दर स्थानमा रहेको छ । स्वच्छ वातावरण भएको मैदान परिसरबाट सुन्दरीजल निकुञ्ज क्षेत्रको सुन्दर दृश्यावलोकन गर्न सकिन्छ ।










प्रतिकृया दिनुहोस्