- २७ आश्विन २०८०, शनिबार १६:२६
काठमाडौं महाराजगञ्जस्थित शिवपुरी माध्यमिक विद्यालय स्थापनाको ७५औं वर्ष पूरा भएको छ ।
देशका विभिन्न सामुदायिक विद्यालयमध्ये अग्रणी शैक्षिक संस्थाका रुपमा चिनिएको शिवपुरीले शनिवार स्थापना दिवसका साथै हिरक (७५ औं वर्षगाँठ) जयन्ती विभिन्न कार्यक्रमको आयोजना गरी मनाएको हो ।
देशमा राणा शासन कायम रहेकै बखत विसं २००५ सालमा स्थापित यो शैक्षिक संस्था विभिन्न कालखण्डमा नाम परिवर्तन हुँदै अहिले शिवपुरी विद्यालयका रुपमा विकास भएको हो ।
कोष खडा गर्नुपर्ने र यो विषय ऐनमै समाबेस भएर आउनुपर्ने बताए ।
विगत ३ वर्ष यता कक्षा ९ देखि १२ सम्म महानगरले शिवपुरीमै २ वटा कम्प्युटरल्याव र एउटा प्रोजेक्टरसहित कम्प्युटर इन्जिनियरिङको पढाई सञ्चालन गरिरहेको छ ।
महानगरले उत्कृष्ठ सामुदायिक विद्यालयका रुपमा कम्प्युटर अध्ययन गराउन ५० लाख रुपैयाँ अनुदानसहित विद्यालयलाई छनोट गरेको थियो । विद्यालयको शैक्षिक गुणस्तर विकास गर्न र त्यस अनुसार परीक्षामा नतिजा हासिल गर्न प्रत्येक महिना इकाई र त्रैमासिकका ४ वटा परीक्षा सञ्चालन गर्दै आएको र यसबाट विद्यार्थीको मूल्यांकनमा थप सहज बनेको प्रधानाध्यापक सुवेदीले बताए ।
यसबाहेक उच्च शिक्षाका लागि कक्षा १० र १२ को अध्ययन महत्वपूर्ण हुने भएकोले त्यसका लागि नियमितबाहेक अतिरिक्त कक्षा सञ्चालन गर्दै आएको उनको भनाई छ । यो विद्यालयले नेपाली र सामाजिक बाहेकका सबै विषय अंग्रेजी माध्यममा पढाउँदै आएको छ ।
एसईईको नतिजापछि विद्यालयमा ११ र १२ कक्षा अध्ययन गर्न आउनेको चाप हुने गरेको सुवेदीले बताए । विद्यालयको शैक्षिक अवस्था राम्रो रहेकै कारण विद्यार्थीको रोजाइमा पर्ने गरेको उनको भनाइ छ ।
राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत नेपाल सरकारबाट २ पटक बजेट पाएको शिवपुरीले त्यसलाई खानेपानी र सूचना प्रविधिका संरचना विकासमा खर्च गरेको थियो ।
महानगरले नै यो विद्यालयलाई २०७३ सालमा शैक्षिक अवस्था र भौतिक संरचना तर्फ उत्कृष्ठ विद्यालयका रुपमा पुरस्कृत गरेको थियो भने महानगरकै एक वडा एक नमुना विद्यालयका रुपमा पनि यही संस्था छनोट भएको थियो । केही वर्ष अघि मात्रै ब्रिटिस काउन्सिलले शिवपुरीलाई उत्कृष्ट सामुदायिक विद्यालयका रुपमा अवार्ड प्रदान गरेको थियो ।
यसअघि हिरक जयन्तीका अवसरमा असोज २२ देखि २६ सम्म हाजिरी जवाफ, वक्तृत्वकला, सांगीतिक कार्यक्रमलगायत आयोजना गरिएको विद्यालयले जनाएको हो ।
सोही अवसरमा विद्यालयमा लामो समयदेखि कार्यरत शिक्षक तथा कर्मचारीलाई सम्मान गरिएको थियो । हिरक जयन्तीकै अवसरमा विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्षहरू सूर्यप्रसाद श्रेष्ठ, नरहरि आचार्य, ध्रुवबहादुर प्रधान, सूर्यकिरण गुरुङ, प्रेमबल्लभ विष्ट र केशवराज शर्मालाई सम्मान गरेको थियो ।










प्रतिकृया दिनुहोस्