- २४ आश्विन २०८०, बुधबार १७:३०
काठमाडौँ , २४ असोज । शिक्षालय राष्ट्रिय मासिक पत्रिकाको आयोजनामा एसईई परीक्षा विषयकमा गोष्ठीको आयोजना गरेको छ । एसईई परीक्षा विषयक गोष्ठीमा शिक्षा पत्रकार प्रकृति अधिकारीले कार्य पत्र पेस गरेका थिए । एसईई परीक्षाको विषयहरू समेटेर अधिकारीले आफ्नो कार्यपत्र प्रस्तुत गरेका थिए ।
लालीगुराँस स्कुलका प्रिन्सिपल विनोद देवकोटाले आफ्नो कार्यपत्रमा परीक्षाको महत्वबारेमा प्रकाश पार्दै परीक्षाको कारणले किशोर किशोरीहरू कुलतबाट बचेको बताए । परीक्षामा केन्द्रित भएर अध्ययन गर्नुपर्ने हुनाले किशोर किशोरी पढाईमा केन्द्रित भएर पढ्नु पर्ने हुँदा कुबाटोमा लाग्न नपाउने उनको तर्क थियो ।
कार्यक्रममा नेपाल लोकतान्त्रिक संस्थागत तथा निजी विद्यालय शिक्षक संघका अध्यक्ष भोला चालिसे, अभिभावक महासङ्घका अध्यक्ष सुप्रभात भण्डारी, काठमाडौँ प्याब्सनका वरिष्ठ उपाध्यक्ष नवराज भट्ट, हिसानका केन्द्रीय उपाध्यक्ष रामहरी सिलवाल, प्याब्सनका केन्द्रीय उपाध्यक्ष दीपिका रिमाल थापा, शिक्षा मन्त्रालयका उपसचिव गेहनाथ गौतम लगायतको आफ्नो भनाई राखेका थिए । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले विकसित मुलुकमा परीक्षाको अभ्यास बारे चर्चा गर्दै एसईई हटाउन नहुँने तर्क राखे ।










प्रतिकृया दिनुहोस्