- १८ आश्विन २०८०, बिहीबार २०:५५
असाेज १८, काठमाडौं । अस्ट्रेलियस्थित ब्रिजबेनमा पशुपतिनाथ बौद्ध र स्वयम्भु स्तुपा निर्माण अभियान सुरु भएको छ । अस्ट्रेलियाको कुइन्सल्याण्डमा बसोबास गर्ने नेपालीले उक्त अभियान सुरु गरेका हुन् । कुइन्सल्याण्ड नेपाली कल्चरल सेन्टर क्यूएनससीसीको पहलमा अभियान सुरु गरी आर्थिक संकलन भइरहेको छ ।
क्यूएनसीसीले सामुदियक केन्द्र बनाउन ब्रिजबेनको लोगन रिजर्भ क्षेत्रमा ४ हेक्टर जग्गा किन्न लागिएको छ । त्यसका लागि बैना भइसकेको बताइएको छ । स्थानीय सहमति अनुसार एक सातभित्र उक्त जग्गा पास गरिसक्नुपर्ने भएकोले क्यूएनसीसीले आर्थिक संकलन अभियान सुरु गरेको हो । गो फन्ड मीमार्फत आर्थिक अभियान चलाइएको छ ।
पशुपतिनाथ बौद्ध र स्वयम्भु स्तुपा निर्माणका लागि आवश्यक जग्गा साढे १४ लाख डलरमा किन्न लागिएको छ । क्यूएनसीसीले उक्त क्षेत्रमा साढे १४ लाख डलरमा ४ हेक्टर बढी जग्गा किन्न बैना गरेको भए पनि साढे १२ लाखमात्रै आर्थिक संकलन भएपछि गो फन्ड मी अभियान अघि बढाएको बताइएको छ ।
क्यूएनसिसिले ४ सय ७५ आजिवन सदस्यबाट ११ लाख २० हजार डलर र सहयोगी र विभिन्न सांगितिक कार्यक्रमसमेतबाट गरी साढे १२ लाख संकलन गरिसकेको छ । गो फण्ड मी अभियानमार्फत करिब ३ लाख डलर सहयोग संकलनको जिम्मेवारी भने एनआरएनए कुइन्सल्याण्डले पाएको छ ।










प्रतिकृया दिनुहोस्