- ९ भाद्र २०८०, शनिबार १८:५७
भदौ ९, बुटवल । प्राज्ञिक विद्यार्थी परिषद् नेपाल लुम्बिनी प्रदेशले बुटवलमा शिक्षा कार्यशाला सम्पन्न गरेकाे छ ।
भदौ ९ गते मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा. डा. नन्दबहादुर सिंहज्यूको प्रमुख आतिथ्यतामा प्राज्ञिक विद्यार्थी परिषद, नेपाल, लुम्बिनी प्रदेशद्वारा शिक्षाको वर्तमान परिदृश्य र आगामी दिशा विषयक ‘शिक्षा कार्यशाला सम्पन्न गरेकाे परिषद्ले जनाएको छ ।

विद्यार्थी परिषद्ले आधारभूत तह देखि उच्चतहसम्मको शिक्षासंग जोडिएका पाठ्यक्रम, शिक्षण विधि, मुल्यांकन पद्दति र शिक्षानीति आदिका विषयमा अध्ययन, विश्लेषण एवं विस्तृत चर्चाको साथै समग्र शिक्षाक्षेत्रको सुधारका लागि उचित नीतिनिर्माणको विषयलाई लक्षित गरी आयोजित उक्त कार्यशालामा नेपाल संस्कृत विश्वविद्यालयका अनुसन्धान निर्देशक प्रा. डा. सुदन पौडेलज्यू विशिष्ठ अतिथिको रुपमा उपस्थित हुनुहुन्थ्यो भने कार्यक्रममा लुम्बिनी प्राविधिक विश्वविद्यालयका उपकुलपति प्रा.डा. विनोद प्रसाद ढकालज्यूले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।
त्यसै गरी शिक्षाविद् प्रा.डा. काशीनाथ न्यौपानेज्यू तथा प्रा.डा. रामचन्द्र आचार्यज्यू टिप्पणीकर्ताको रुपमा उपस्थित हुनुहुन्थ्यो ।
कार्यक्रम विद्यार्थी परिषद्का राष्ट्रिय संगठन सचिव नारायण प्रसाद ढकाल, राष्ट्रिय महासचिव विष्णुप्रसाद पंगेनी, राष्ट्रिय सचिव तिर्सना खराल, राष्ट्रिय उपाध्यक्ष अच्युत पन्त परिषद्का केन्द्रीय पदाधिकारी र प्रदेश अध्यक्ष, सचिव र कार्यकर्ताहरू , विभिन्न कलेजका शिक्षक, विद्यार्थीहरू र समाजका प्रतिष्ठित व्यक्तिहरूकाे उपस्थितिमा शिक्षा कार्यशाला सम्पन्न भएको विद्यार्थी परिषद्ले बताएको छ ।










प्रतिकृया दिनुहोस्