- ३२ श्रावण २०८०, बिहीबार १४:३२
गोकर्णेश्वर नगरपालिका नगर प्रमुख दिपक कुमार रिसालले नगरपालिका भित्र रहेका सम्पुर्ण महिलाहरुले स्तन क्यान्सर,पाठेघरको मुखको क्यान्सरको चेक जाँच अनिवार्य गर्नुपर्ने बताएका छन।
नगरप्रमुख रिसालले स्तन क्यान्सर,पाठेघरको मुखको क्यान्सर लगायतको चेक जाँच नगराउने महिला, महिला समुहलाई कुनै पनि कार्यक्रमको लागि बजेट नछुट्याउने बताएका छन।
उनको यो निर्णयले सामाजिक संजालमा प्रशंसा बढेको छ।
महिलाहरुमा देखिने स्तन क्यान्सर र पाठेघरको मुखको क्यान्सर सम्बन्धी समस्या दिनप्रतिदिन बढ्दै गैइरहेको अबस्थालाई मध्ये नजर गर्दै गोकर्णेश्वर नगरपालिकाबासी महिलाहरुलाई उक्त समस्याबाट मुक्त गराउन र रोग लागेर उपचार गराउनु भन्दा रोग लाग्नै नदिन चेकजाँच अनिवार्य गरिएको हो।
नगरपालिका भित्र रहेका ३० वर्ष देखि ६० वर्ष उमेर समुहका महिलाहरुको स्तन क्यान्सर र पाठेघरको मुखको क्यान्सर सम्बन्धी अनिवार्य चेकजाँच गर्नुपर्ने बताएका छन | 
गोकर्णेश्वर नगरपालिका र आम्दा नेपालको संयुक्त पहलमा नगरबासी महिलाहरुको स्तन क्यान्सर सम्वन्धी विभिन्न चेकजाँचहरु: भिडियो (एक्सरे) , म्यामोग्राम (एक्सरे) ,एफ एन ए. सि टेष्ट,पाठेघरको मुखको क्यान्सर सम्बन्धी भि.आई. ए. टेष्ट, कोल्कोस्कोपी, प्याप स्मियर टेष्ट,वायीस्पि टेष्ट, पि.भि. डि. ए. टेष्ट, एच. पि.भि.डि एन ए टेष्ट लगायतका सेवा सुबिधाहरु उपलब्ध गराईने बताईएको छ।











प्रतिकृया दिनुहोस्