- १० माघ २०७९, मंगलवार ०९:२०
माघ १०, काठमाडौं । गतवर्ष धादिङ जिल्ल्लाको उत्तरी भेगमा अवस्थित रुबीभ्याली गाउँपालिका(१र२ स्थित ३५०० मिटरको उचाईमा क्रुस ठड्याइयो । गणेश हिमालको फेदीमा रहेको धार्मिक एवं प्राकृतिक सौन्दर्यले भरिपूर्ण यो ठाउँ इसाई धर्मावलम्बीहरुको सबैभन्दा ठूलो उर्भर भूमि बनेको छ । त्यहाँ खुलेहाम इसाई धर्मावलम्बीहरुले चुनाव जित्छन् भने बाँकी आदिवासी धर्मावलम्बीहरु अहिले त्यहाँ अल्पसंख्यक बनेका छन् ।
कुनै समय बौद्ध र हिन्दुहरुको बाहुल्यता रहेको यो गाउँपालिकाको वडा नं १ र २ मा अहिले ९० प्रतिशतभन्दा धेरै जनसंख्या ईसाई धर्ममा विश्वास गर्नेहरु रहेको २ नं वडाका वडाध्यक्ष रुपा घले बताउँछन् । बौद्ध गाउँहरूमा पस्दा रिसाङ गोम्बो (बौद्ध मन्दिर) हरू भेटिन्छ। खोला भएको ठाउँमा क्षुखोर्मो (पानीले घुमाउने मानी) पनि हुन्छ। तर, ती चिजहरू लब्दुङमा हराइसकेका रहेछन्। चौतारो पनि मानी र क्षोर्तेनविहीन भएका छन् । गाउँ सिरानको सानो गुम्बा संरक्षणको अभावमा भत्किन थालेको छ । गुम्बा मुनिको बीच बाटोको ढुंगामा क्रस चिन्ह देखिन्छ। केही तल मानी र क्षोर्तेन भत्किने अवस्थामा छन् । तर न तिनलाई दाहिने पारेर घुम्ने बाटो छ न त उचेन लिपिमा ‘ओम मानी पेमे हुङरी’ लेखिएको ढुंगाका पाताहरू नै भेटिन्छन्। गाउँको पुछारमा रहेको पुरानो क्षोर्तेनको सुरको ढुंगा पनि खस्नै लागेको रहेछ। मर्मत गरे एकै दिनको काम हो त्यो।
अहिले यो क्षेत्र पूर्णतस् इसाई गाउँ भइसकेको छ । यहाँका पुराना धर्मसंस्कृति लोप भइसकेका छन् । यो पुरानो बौद्ध गाउँमा संस्कृतिका धरोहरहरू धमाधम लोप हुँदैरहेछन्। धार्मिक आस्थामा आएको परिवर्तनसँगै यस्ता धरोहरहरूप्रतिको वास्ता घटेको रहेछ। २०७० सालमा प्रकाशित एक रिपोर्ट अनुसार रुबीभ्यालीकै लब्दुङमा अर्को एउटा गुम्बा बन्दा तीन वटा चर्च बन्न थालिसकेको बताएका थिए ।
यो त राम्रो भएछ– जाँडरक्सी छोडेपछि बचत भयो होला, झै–झ्गडा पनि घटे होलान्, तर यो सँगै मौलिक संस्कृति लोप भयो। मानिसहरूका नामसमेत परिवर्तन भए। क्राइष्ट बाहेक अन्य सबै देवदेवीलाई शैतान भनिंदो रहेछ। भन्नेलाई सजिलो होला, तर सुन्नेलाई अप्ठ्यारो भयो।’ त्यतिबेलाको रिपोर्टमा भनिएको छ ।
वडाध्यक्ष घलेले भने ‘पछिल्लो १५ वर्षमा यी सबै परिवर्तन भएका हुन् । नेपालमा धर्मनिरपेक्ष हुनुअघिसम्म इसाईको संख्या अत्यन्त कम थियो । अहिले ९० देखि कतिपय बस्तीमा त पूरापूर इसाई भइसकेका छन् । यसको कारण भने थाहा छैन । इसाई मिसनरीहरूले नेपालका सुविधासम्पन्न शहरदेखि दुर्गमका गाउँ–गाउँसम्म मानवीय सेवासँगै चर्च बिस्तार गरिरहेका छन्। हिन्दु र बौद्ध पुजारी र लामाहरु शहरमा महँगो मन्दिर र गुम्बा बनाएर बसिरहेका छन्। गाउँका गाउँ मानिसहरू इसाई भएपछि गुम्बामा बुद्धको पूजा गर्न आउनेहरुको सख्ंया नै लोप हुने जोखिममा पुगिएको छ ।










प्रतिकृया दिनुहोस्