- २३ कार्तिक २०७९, बुधबार २२:२५

काठमाडौं । बूढानीलकठ नगरपालिका वडा नं १२ का स्थानीयमाझ नेकपा एमालेबाट काठमाडौं क्षेत्र नं. ४ प्रतिनिधि सभा सदस्य उम्मेदवार डा. राजन भट्टराई पुग्दा उनको पक्षमा व्यापक समर्थन देखिएको छ ।

बूनपा १२ पार्टी कमिटीद्वारा आयोजित घरदैलो कार्यक्रमको क्रममा स्थानीयको घर–घरमा पुग्ने क्रममा डा. राजन भट्टराई र ४(२) प्रदेस सभा सदस्यका उम्मेद्वार जयराम थापालाई घरकाे आँगन /आँगनमा सुर्य चिन्हकाे तस्विर बनाएर अविर , फूलमाला र खादा लगाई भव्य स्वागत गरेका थिए साथै यश पटक राजन भट्टराई प्रती धेरै आशा रहेकाे ७० बर्षका बृद्वले बताए । साथै राजन भट्टराईले नै जितनु पर्छ भनेर अग्रिम विजयीकाे शुभकामना समेत दिएका छन् ।

बूढानीलकण्ठ नगरपालिकामा नै नेकपा एमालेको बलियो जनाधारको रुपमा परिचित १२ नं. वडामा सम्पन्न घरदैलो कार्यक्रममा निर्वाचन परिचालन कमिटीका सह–संयोजक उद्धव खरेल, केदारराज पुडासैनी, नेकपा एमाले क्षेत्र नं ४ का संयोजक विदुर विक्रम खड्का, सह–संयोजक रमा राई, नगर इञ्चार्ज लक्ष्मी संग्रौला, प्रदेश क्षेत्र २ का संयोजक राजन पोखरेल, नगर कमिटी सचिव श्रीकृष्ण श्रेष्ठ लगायत पार्टीका नेता, कार्यकर्ताको सहितकाे भव्य उपस्थिति रहेकाे शिक्षा संचारका संवाददाताले बताए ।










प्रतिकृया दिनुहोस्