- ४ कार्तिक २०७९, शुक्रबार २१:३१
न्युयोर्क : आगामी वर्षको तिहार/दीपावलीदेखि न्युयोर्क महानगरका सार्वजनिक विद्यालयमा विदा दिइने भएको छ। न्युयोर्क महानगरका प्रमुख एरिक एडम्सले बिहीबार उक्त घोषणा गरेका हुन्। न्युयोर्क विधानसभा सदस्य जेनिफर राजकुमारले दीपावलीमा विदा दिनेसम्बन्धी कानुनी प्रस्ताव प्रस्तुत गरेका थिए। महानगरका विधायकले पनि उक्त प्रस्तावलाई अनुमोदन गरेको केवल न्युज नेटवर्कले जनाएको छ। प्रकाशको पर्व दीपावली मनाउने हिन्दु, बौद्ध, सिख र जैन धर्मका दुई लाखभन्दा बढी न्युयोर्कवासीले उक्त निर्णयको स्वागत गरेका छन्। दीपावलीको विदाले विद्यालयको पठनपाठनमा कुनै असर नपर्ने र नियमानुसार वार्षिक एक सय ८० दिन कक्षा सञ्चालन हुने बताइएको छ।
सम्वन्धित समाचारहरु
ताजा समाचार
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement










प्रतिकृया दिनुहोस्