- १३ आश्विन २०७९, बिहीबार १६:५४
काठमाडाैँ क्षेत्र नं ४ मा नेपाली काँग्रेसका महामन्त्री गगन थापालाइ चुनाव जिताउन काँग्रेस प्रवेश गर्नेकाे लहर नै चलेकाे छ । चुनाव आउन करिब २ महिना बाँकी हुँदा करिब १००० जना काँग्रेस प्रवेश गरिसकेका छन् । यसरी प्रवेश गर्नेहरुमा सर्वसाधरणदेखि सामाजिक र राजनीतिकरूपमा चिनिएका अनुहारसम्म रहेका छन् ।
केही समयअघि गगन थापालाइ चुनाव जिताउन आफू सक्रिए भएकाे बताएका सुमित खरेल विधिबत काँग्रेस भएका छन् । आज एक कार्यक्रमबीच खरेलले महामन्त्री थापाका हातबाट टीका लगाएर काँग्रेस प्रवेश गरेका हुन् । खरेलका अलावा अन्य तीन प्रभावशाली व्यक्तिहरू काँग्रेस प्रवेश गरेका छन् । सामाजिक तथा राजनीतिकरूपमा प्रभावशाली मानिएका राजन श्रेष्ठ, भिष्मराज ढकाल र सुशिल बस्नेत पनि काँग्रेस प्रवेश गरेका छन्। हिजैमात्र लाेसपाका केन्द्रिय सदस्यसहित १०० जना काँग्रेस प्रवेश गरेका थिए ।










प्रतिकृया दिनुहोस्