- ३० भाद्र २०७९, बिहीबार २१:३०
३० भदौ, काठमाडौं । काठमाडौं महानगरपालिकाले हात्तीसारस्थित जय नेपाल हलको प्रङ्गणमा डोजर लगाएर टुकुचा खोला उत्खनन् गरेको छ ।
महानगरपालिकाका अतिक्रमित क्षेत्र हटाउने अभियान सञ्चालन गरेको महानगरको टोली आज (बिहीबार) डोजर लिएर टुकुचा खोज्न निस्किएको थियो । महानगरले नक्सा अनुसार गरेको मार्किङका आधारमा डोजर चलाएर हल परिसरमा १५ फिट खन्दा टुकुचा खोला भेट्टिएको छ ।
नारायणहिटी दरबार क्षेत्रबाट निस्किएको टुकुचा खोला यसक्षेत्रमा गायब थियो ।स्थानीयबासिन्दा र सम्पदा संरक्षणको क्षेत्रमा काम गर्दै आएकाहरुले टुकुचा खोला पुरेर घर बनाएको भन्दै टुकुचाको अतिक्रमण हटाउन माग गर्दै आएका थिए । काठमाडौं महानगरपालिकाकाे उक्त कदमले यतिखेर सार्वजनिक जग्गा मिचेर आलिसान महल बनाउने भूमाफियाहरू भने तर्सिएका छन् । आज जय नेपाल हलकाे आंगनै मुनिबाट टुकुचा बगेकाे भेटिए पछि ती माफियाहरूकाे साताे गएकाे देखिन्छ । 










प्रतिकृया दिनुहोस्