- ३० भाद्र २०७९, बिहीबार १२:०५
बझाङको वित्थडचिर गाउँपालिकामा विभिन्न कार्यक्रमको आयोजना गरेर ५८ औँ राष्ट्रिय बाल दिवस मनाइएको छ ।
‘बालमैत्री समाजको आधार जिम्मेवार परिवार उत्तरदायी सरकार’ भन्ने मूल नाराका साथ वक्तृत्वकला प्रतियोगिता कार्यक्रम गरि बाल दिवस मनाइएको हो।
बाल दिवसको अवसरमा गाउँपालिकाले वक्तृत्वकला प्रतियोगिता आयोजना गरेको महिला तथा बालबालिका शाखा प्रमुख सरिता अवस्थीले बताइन् । प्रतियोगितमा सहभागी ११ विद्यालयका ११ जना छात्र र १० जना छात्रा गरेर जम्मा २१ जना विद्यार्थीको सहभगाी रहेको थियो।
प्रतियोगितामा छात्र तर्फ प्रथम सुनकुडा माध्यमिक विद्यालयका राजेन्द्र बिष्ट, द्धितिय मष्टा माध्यमिक विद्यालय धारीका नवीन जोशी र तृतीय स्थान भुमेश्वर आधारभुत विद्यालयका गणेश महरले हासिल गरेका थिए।
छात्रा तर्फ रत्न आधारभुत विद्यालय कुसेनाकी देवकी बोहरा प्रथम, भुमेश्वर आधारभुत विद्यालय धामी गाउँकी शान्ती धामी द्धितिय र केदार आधारभुत विद्यालयकी लक्ष्मी बोहरा तृतीय भएकी छन्।
प्रथम स्थान हासिल गर्ने विद्यार्थीलाई नगद रु २५००, द्धितिय स्थान हासिल गर्नेलाई नगद रु २००० र तृतीय हुनेलाई रु १५०० नगर पुरुष्कार सहित सम्मान गरिएको छ।












प्रतिकृया दिनुहोस्