- २४ भाद्र २०७९, शुक्रबार १६:१५
पशुपति शिक्षा प्रसार समिति नेपालकाे राष्ट्रिय याेजना बैठक काठमाडौं प्रारम्भ भएको छ ।
भदौ २४ र २५ गते दुई दिन सम्म संचालन हुने राष्ट्रिय याेजना बैठक समितिले शुक्रबार काठमाडौंकाे अग्रबाल भवनमा संचालन गरि प्रमुख अतिथिको रूपमा समावेश आयोगकाे माननीय अध्यक्ष डा रामकृष्ण तिमल्सिनाज्यु , लगायत अन्य विशिष्ट अतिथिहरूले संयुक्त रूपमा दीप प्रज्वलन गरि उद्घाटन गरेका थियोे ।

पशुपति शिक्षा प्रसार समिति नेपालले ज्ञान, संस्कृती, चरित्र र विद्यार्थीहरूलाई संस्कार प्रदान गर्ने उदेश्यका साथ देशकाे ३५ वटा स्थानमा विगत २० बर्षदेखी संचालनमा ल्याएकाे पशुपति शिक्षा मन्दिर नामकाे विद्यालयहरूकाे आगामी कार्ययोजना र समितिले आगामी दिनमा गर्ने कार्यहरूकाे बारेमा विशेष याेजना निर्माण गर्ने उदेश्यका पशुपति शिक्षा प्रसार समितिले भदौ २४ र २५ गते बृहत् बहस , छलफल र संवाद गरिने र विशेष कार्ययोजना पनि निर्माण गरिने पशुपति शिक्षा प्रसार समितिका अध्यक्ष डा महाश्रम शर्माले बताएका छन् ।
बैठककाे उद्घाटन सत्रमा प्रमुख अतिथिकाे रूपमा समावेश आयाेगका अध्यक्ष डा रामकृष्ण तिमल्सिना , विशिष्ट अतिथि व्यवसायी राजेन्द्र खेतान, मधेश आयाेगका सदस्य , हिन्दू स्वयंसेवक संघका सह राष्ट्रिय प्रचारक रेवित कुमार, समितिका अध्यक्ष एवम् राष्ट्रिय परीक्षा बाेर्डका अध्यक्ष डा महाश्रम शर्मा लगायत देशभरकाे पशुपति शिक्षा मन्दिरका प्राचार्यहरू र केन्द्रीय समितिका सदस्यहरूकाे विशेष उपस्थिति रहेकाे छ ।










प्रतिकृया दिनुहोस्