- २४ भाद्र २०७९, शुक्रबार ०८:४६
काठमाडौं । आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा काठमाडौैं क्षेत्र नं ४ मा काँग्रेस प्रवक्ता प्रकाशशरण महतले काठमाडौं क्षेत्र नं ५ छाडेका छन् । यसअघि यही क्षेत्रबाट चुनाव लडेका महतले यसपालि भने नुवाकोटबाटै चुनाव लड्नको लागि यो क्षेत्र छाडेका हुन् ।
डा. महतले यो निर्वाचन क्षेत्रमा चुनाव उठ्ने ईच्छा नराखेपछि यहीँका स्थानीय नेताहरुले चुनावमा उठ्ने आकांक्षा देखाएका छन् । यसरी आकांक्षा देखाउनेहरुमा प्रेमबहादुर खड्का, रमेश खड्का, श्याम खड्का र दामोदर खड्का रहेका छन् ।
जसमध्ये प्रेम नेपाल बार एशोसिएसनका पूर्वअध्यक्ष हुन् भने रमेश पूर्व क्षेत्रीय सभापति हुन् । त्यस्तै, श्याम हाल क्षेत्रीय सभापति हुन् भने दामोदर महाधिवेशन प्रतिनिधि हुन् ।
त्यसो त आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभाको निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर ५ बाट गठबन्धन दलबाट कसैले पनि चासो दिएका छैनन् । स्वतन्त्र उम्मेदवारहरू भने फाट्टफुट्ट चर्चामा छन् । जति स्वतन्त्र उम्मेदवारहरु थपिँदै जान्छन् त्यति त्यस क्षेत्रमा एमाले नेता ईश्वर पोखरेललाई हाइसन्चो हुँदै जाने देखिन्छ । अबको चुनावमा गठबन्धनले कसलाई उम्मेदवार बनाउनेछन् त्यसले प्रतिस्पर्धाको निर्धारण हुने देखिएको छ । बौद्धिक जमात बस्ने क्षेत्र मानिएको काठमाडौं ५ मा २०७४ को निर्वाचनमा नेकपा एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नेपाली कांग्रेसका नेता डा। प्रकाशशरण महतलाई जितेको क्षेत्र हो ।










प्रतिकृया दिनुहोस्